प्यूठान, २४ असोज । सशस्त्र प्रहरी बलले नयाँ भर्ना खोलेको छ ।
आगामी कात्तिक २३ गतेसम्म भर्ना लिने गरि सशस्त्रले सूचना जारी गरेको छ ।
१ हजार ८३३ प्रहरी जवान माग गरिएको छ । भर्ना सम्वन्धि थप जानकारी र फाराम भर्नका लागि देशका विभिन्न ठाउँमा सम्पर्क राख्न सूचनामा भनिएको छ । प्यूठानका लागि सशस्त्र प्रहरी बल, नेपाल आश्रीत गुल्म विजुवारमा सम्पर्क गर्न सकिनेछ ।
