प्युठान । गौमुखी गाउँपालिका-४ पुजा स्थित सुनिगाडेका तितिला घर्तीको निधन भयो । घर्तीको साईला देवर किरीया बस्नुभएको छ ।
२ वर्ष अघि उहाँको श्रीमान रेशम घर्तीको मृत्यु हुँदा माईला देवर किरीया बस्नुभएको थियो । “एउटा छोरा थियो न बाबु बित्दा आयो न आमा बित्दा आयो, सम्पर्कमै छैन ।” स्थानीयले भने ।
बुहारी अर्को बिहे गरेर गएपछि नाती मात्र छन । परिवारको आर्थिक अवस्था कमजोर भएको र किरीया खर्च जुटाउन पनि समस्या भएपछि सहयोग जुटाएर २० हजार रुपियाँ उपलब्ध गराएको स्थानीय रबि चन्दले बताउनुभयो । स्थानीय जनप्रतिनिधि को उपस्थितिमा माईला देवरलाई रकम हस्तान्तरण गरिएको उहाँले जानकारी दिनुभयो ।
दुई वर्ष अघि पनि रेशम घर्तीको उपचारका लागी १ लाख रुपियाँ सहयोग संकलन गरिएको चन्दले बताउनुभयो । “अब फेरी नातीको कसरी ब्यबस्थापन गर्ने भन्ने भएको छ ।” चन्दले भन्नुभयो ।
