> राजनीति > पूर्व सञ्चारमन्त्री बास्कोटाको घरमा विस्फोट


पूर्व सञ्चारमन्त्री बास्कोटाको घरमा विस्फोट

काठमाण्डौ, २८ फागुन ।
पूर्व सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाको घरमा बम विस्फोट भएको छ । मध्यपुर नगरपालिका १ लोकन्थली भक्तपुर स्थित निवासमा प्रेसरकुकर बम विस्फोट भएको हो ।
विहान करिव ८ बजे भएको बम विस्फोटबाट घरका सिसा, पर्खाल लगायतमा क्षति पुगेको प्रहरीले जनाएको छ । यसैबीच, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रेस विज्ञप्ती जारी गरी घटनाको भत्र्सना गरेको छ । अध्यक्ष पुष्पकमल दाहालले प्रेस वक्तव्य जारी गरी घटनामा संलग्नलाई पक्राउ गरि कडा कारवाही गर्न माग गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *