> समाज > प्यूठानमा बस दुर्घटना हुदा एक जनाको मृत्यु


प्यूठानमा बस दुर्घटना हुदा एक जनाको मृत्यु

प्यूठान, ४ कार्तिक । प्यूठानमा बस दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ ।

प्यूठानबाट दाङको घोराही जान लागेको ना ४ ख ५५६१ नंम्वरको बस मंगलवार विहान माण्डबी गाउँपालिका-२ गोलवाङमा दुर्घटना हुदा बस चालक ४० वर्षीय तारा रानाकोे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

अन्य ३ जना घाइते भएको र २ को अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक पोषण ढकालले जानकारी दिनुभयो । मोड नपुग्दा बस अनियन्त्रीत भई दुर्घटना भएको उहाँको भनाई छ । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल लिइदै गरेको प्रहरी निरीक्षक ढकालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *