> राष्ट्रिय > पत्रकार महासंघ प्यूठानको स्थापना दिवसको अवसरमा पुरस्कार वितरण


पत्रकार महासंघ प्यूठानको स्थापना दिवसको अवसरमा पुरस्कार वितरण

प्यूठान । पत्रकार महासंघ प्यूठानले स्थापना दिवसको अवसरमा पुरस्कार वितरण गरेको छ । २१ औ स्थापना दिवसको अवसरमा शाखाले स्थापना गरेको दुई वटा पुरस्कार वितरण गरेको हो ।

स्वर्गीय सुर्य बहादुर बिश्वकर्मा स्मृति पत्रकारिता सम्मान महासंघका केन्द्रीय सदस्य एवं पुर्व जिल्ला अध्यक्ष सुशील पोख्रेललाई प्रदान गरिएको छ ।

 

त्यसैगरी स्वर्गीय बसन्ता भट्ट स्मृति महिला शसक्तिकरण पत्रकारिता पुरस्कार पत्रकार नर्मदा भट्टलाई प्रदान गरिएको छ ।

 

कार्यक्रममा प्यूठान नगरपालिका प्रमुख अर्जुनकुमार कक्ष्यपतिले मिडिया डायरी बिमोचन गर्नुभयो । बोल्ने बक्ताले पत्रकारिता क्षेत्रको गुणस्तरीयतामा वृद्धि ल्याउन महासंघले भुमिका खेल्नुपर्ने बताएका छन ।

अध्यक्ष सन्जय रिजालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, पुर्व अध्यक्ष, सस्थापक सदस्य, सरोकार निकायका प्रमुख तथा प्रतिनिधि सहभागी थिए । कार्यक्रम संचालन सचिब प्रकाश बैध्यले गर्नुभएको थियो ।

 

पत्रकार महासंघ प्यूठान शाखा २०५९ साल असोज २० गते स्वर्गीय सुर्य बहादुर बिश्वकर्माको संयोजकत्वमा स्थापना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *