> समाज > प्यूठानमा एक विद्यालयले गर्यो त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक


प्यूठानमा एक विद्यालयले गर्यो त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक

प्यूठान । नौबहिनी गाउँपालिका–४ खवाङ स्थित दुर्गा माध्यमिक विद्यालयले प्रथम त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । नतिजा निरासाजनक छ ।

 

एक कार्यक्रमको आयोजना गरि नतिजा सार्वजनिकसँगै उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको विद्यालयका निमित्त प्रधानाध्यापक मिनबहादुर घर्ति मगरले बताउनुभयो ।

 

नतिजा अनुसार कक्षा १ मा १९ मध्ये १० जना, कक्षा २ मा १६ मध्ये ७ जना, कक्षा ३ मा १३ मध्ये ४ जना, कक्षा ४ मा ४५ मध्ये ४ जना, कक्षा ५ मा ३९ मध्य ४ जना उत्र्तिण भएका छन् ।

 

त्यस्तै कक्षा ६ मा ७४ मध्ये ८ जना, कक्षा ७ मा ७७ मध्ये ६ जना, कक्षा ८ मा ६४ मध्ये ५ जना, कक्षा ९ मा ३९ मध्ये ३ जना र कक्षा १० मा ४३ मध्ये ३ जना उत्र्तिण भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *