> राजनीति > गठबन्धनको ढाडमा टेकेरै टाउकोमा हान्छौं र चुनाव जित्छौं : सूर्य थापा (अन्तर्वार्ता)


गठबन्धनको ढाडमा टेकेरै टाउकोमा हान्छौं र चुनाव जित्छौं : सूर्य थापा (अन्तर्वार्ता)

प्यूठान ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि एमाले पोलिटब्युरो सदस्य सूर्य थापा चुनावी मैदानमा छन् । पहिलो पटक संसदीय चुनावी मैदानमा उत्रेका थापालाई अर्को कांग्रैस, माओवादी, जनमोर्चासहितको गठबन्धनको चुनौती छ । तर उनले गठबन्धनलाई सजिलै हराएर आफुले चुनाव जित्ने दाबी गर्छन् । पहिलो पटक संसदीय चुनावी मैदानमा उत्रिएका सूर्य थापासँग रिखिराम जिसीले गरेको कुराकानीको सम्पादित अंशः

 

संसदीय राजनीतिमा प्रवेश गर्न लाग्नुभयो, प्यूठान नै रोज्नुभयो, लामो समय प्यूठानमा नबसेर पनि फेरि प्यूठान फर्कनुको कारण के हो ?

मैले प्यूठान रोजेको होइन, प्यूठान आएको होइन यहि जन्मेको हो, व्यक्तित्व विकासका निम्ति, अध्ययनका निम्ति, राष्टिय राजनीतिको अवश्यकताका लागि, अरु पेशा व्यवसाय संलग्नताको हिसाबले म ३० वर्ष काठमाडौँमा बसे । यसबीचमा मेरो जिम्मेवारी काठमाडौँमा थियो, पार्टीको काम, पत्रकारिता काठमाडौँ बसेर गरे । यस हिसाबले पार्टीको काममा यहाँ जोडिएको थिएन । तर यहिँ पार्टीको जिम्मेवार ठाउँमा थिए । नेकपा एमालेमा प्रतिस्पर्धा गरेरै स्थापित भएको हो र दशौं महाधिवेशनबाट मलाई जिल्लाको जिम्मेवारी तोकियो ।

 

म पार्टी पोलिटब्युरो सदस्यसहित प्यूठान जिल्ला इन्चार्जको जिम्मेवारी लिएर आए र पार्टीलाई जिल्ला अधिबेशन गरेर, स्थानीय चुनावको तयारी गरेर, स्थानीय चुनाव प्रतिस्पर्धा गरेर अहिले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको तयारीको चरणमा हामी अगाडी बढेका छौँ । यस हिसाबले मैले काठमाडौँ जिल्लालाई सहयोग गर्थे, अहिले आफै जिल्लाको इन्चार्ज भएर यहाँको नेतृत्व, पार्टी परिचालन, जनतासँगको प्रत्यक्ष सम्बन्ध, भेटघाटमा रहेको छु ।
यस हिसाबले प्यूठान फर्केको पनि होइन, रोजेको पनि होइन, बसाई सरेर अनेत्र गएर रोज्दै, घुम्दै, फिर्दै आएको पनि होइन, प्यूठान झिमरुक गाउँपालिका १ काभ्रेखोलामा जन्मेको हुँ ।

 

तपाई शक्ति केन्द्रको नजिक हुनुहुन्छ । झलनाथ खनाल पार्टी अध्यक्ष तथा प्रधानमन्त्री हुँदा तपाई नै नजिक, माधन नेपाल पार्टि महासचिव तथा प्रधानमन्त्री हुँदा तपाई नै नजिक, केपि ओलि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री हुँदा तपाई नै नजिक, तपाईको शक्ति केन्द्रलाई रिजाउने कला चाहिँ के हो र चुनावमा जनतालाई रिजाउने कला चाहिं कत्तिको छ ?

 

केही केही मेरा आलोचकहरुले विषय नपाएर गलत भाष्य निर्माण गर्ने प्रयास छ त्यसबाट तपाईं प्रभावित भएको देखे । म शक्ति केन्द्रको नजिक होइन, पार्टी नेतृत्वलाई निर्माण गर्ने, पार्टी नेतृत्वलाई रक्षा गर्ने, स्थापित गर्ने र सफल बनाउने यी ४ कुरामा हिजो माधन नेपाल पार्टीको महासचिव हुँदा एकदम कोरमा बसेर सघाएको हो ।

 

अप्ठ्यारामा सघाएको हो । झलनाथ खनाल प्रधानमन्त्री बनाउने, अध्यक्षको कार्यकाल सफल बनाउने, प्रधानमन्त्रीको कार्यसम्पादनलाई सहज बनाउने, सफल बनाउने काममा म पार्टीको प्रचार विभागको सचिव र प्रेस सल्लाहकार भएर मैले सघाएकै हो । अब केपि शर्मा ओलीको नेतृत्वमा त उहाँ अध्यक्ष र म केन्द्रीय सदस्य, उहाँ अध्यक्ष र म पोलिटब्युरो सदस्य भएर केन्द्रीय तहमै सँगै छौँ ।

 

‘हामीसँग नसकेरै गठबन्धन बनेको हो नि त केन्द्रीय रुपमा एक्लाएक्लै सक्ने भए त एक्लाएक्लै आउनुहुन्थ्यो नि त नसकेरै गठबन्धन बनाउनु भएको हो । त्यसैले उहाँहरुको हानथाप, स्वार्थ, छिनाझप्टीको जगमा, उहाँको कमजोरीमै टेकेर, उहाँहरुको ढाडमा टेकेरै टाउको हान्छौँ र चुनाव जित्छौँ ।’

उहाँले नै मलाई केन्द्रीय कमिटिमा ग्रुम गर्नु भो, उहाँले नै विश्वास गर्नुभो, उहाँले मलाई जिम्मेवारी दिनुभो जिल्लाको इन्चार्ज बनाउनु भो । उहाँले नै मलाई प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाउनुभाछ । उहाँमाथि हमला हुँदा उहाँमाथि चाँहि अनुचित तरीकाले घेराबन्दी हुँदा काम गर्न नदिँदा म चाँहि प्रतिरक्षामा दायाबाया नगरिकन उहाँलाई सफल बनाउने भुमिकामा संक्रिय रहे । यो चाँहि कुनै शक्ति केन्द्र होइन । यसलाई विकृत ढंगले शक्ति केन्द्र भन्दा पनि पार्टीको नेतृत्व सही निर्माण गर्ने, नेतृत्व सफल बनाउने, स्थापित गर्ने र चाँहि परिणाममुखी बनाउने कुरामा म हिजो पनि लागे, आज पनि लागिराछु र भोलि पनि लाग्छु ।

 

यो चाँहि पार्टीमा रहने पार्टीमा निन्दा गर्न, पार्टीमा रहने पार्टीलाई असफल गर्न लाग्ने, पार्टीले लाग्ने गुटबन्दीमा लाग्ने, पार्टीमा लाग्ने अनुचित काम गर्ने, पार्टीमा लाग्ने पार्टीलाई बदनाम गर्ने यी काम मेरो बैरीहरु हुन् । यस्तो काम म गर्दिन । म पार्टी प्रक्रिया, पद्धति, मुल्य, मान्यता, विधान, यसका निश्चित सिद्धान्त, दर्शन र जनताप्रतिको उत्तरदायित्वलाई बोकेर अगाडी बढ्ने मान्यता राख्ने मान्छे हुँ । म नेतृत्वलाई चाँहि सफल बनाउनुपर्छ, काम गर्न दिनुपर्छ, नेतृत्वले देश र जनताको हितमा काम गर्न मद्दत गर्नुपर्छ भन्ने मान्छे हुँ ।
र जहाँसम्म चुनावमा जनतालाई रिझाउने कलाको कुरा गर्नु भो । हामी त प्रतिस्पर्धाबाट सर्वश्रेष्ठ ठहरिने, जनताले मन पराएर कार्यकर्ता हुने र कार्यकर्ताले मन पराएर नेता हुने, जनताको बहुदलिय जनबाद मर्म, मुल्य, मान्यतामा अगाडी बढेका छौँ । जानेदेखि नै यहिँ गरेको हो ।

 

म चाँहि हरियार बोकेर त्यो बाटो असफल भएपछि यो चुनावको बाटोमा आएको छ । जनताको बीचमा जानुपर्छ भनेर आएको छ । बाकस थाप्दै आएको हो, बुलेट काम नलागेर ब्यालेटको बाटोमा आएको मान्छे होइन । म सचेत ढंगले जहिलेदेखि राजनीतिमा छु । जनताको बहुदलीय जनबादको मार्गदर्शनमा जननेता मदन भण्डारीको नेतृत्व, अगुवाई र उहाँको करिष्मायुक्त नेतृत्व कलाबाट प्रभावित भएर राजनीतिमा छु ।

 

जनतालाई रिझाउनुपर्छ । जनता जनार्दन हुन् । जनताको आदेश र आशिवार्दले मात्रै राजनीति जिम्मेवारीहरु प्राप्त गरेर अगाडि बढ्नुपर्छ भन्ने नै मेरो जनतालाई रिझाउने मुल मन्त्र हो । जिवनभर कुरा गरेर विताउने हो भन्ने मान्यता राख्दैनौँ । जनताको हितमा सुख र समृद्धि ल्याउने, जनताको मुहारमा खुसियाली ल्याउने त्यो अभियानमा सिंगो जिवन समर्पित गरेर लागेका छौँ । नेताले जनतालाई बाटो देखाउने हो, जनताले नेतालाई साथ दिने हो ।

 

 

प्यूठानमा धेरै कम्युनिष्ट पार्टीका नेताहरु जन्मे तर प्यूठान सधै पछाडी पर्‍यो, नेता मात्र होइन, महासचिव पनि जन्मायो ४/५ जना महासचिवनै भए तर कहिल्यै प्यूठान अघि बढ्न सकेन तपाई पनि भोलि यहाँबाट जितेर फेरि केन्द्रीय राजनीतिमा रमाउने होकि ?
यसमा तपाईंलाई स्पष्ट के पार्छु भने म जितेर गएर केन्द्रीय राजनीतिमा रमाउने होइन । म केन्द्रीय राजनीतिमा हुँदाहुँदै यहाँ आएको हुँ । म पोलिटब्यूरो सदस्य, पार्टीको प्रचारप्रसारको नेतृत्वमा थिए । देशभरीको यो मोर्चालाई अब मैले अगाडि बढाउने गरेको थिए । यसैमा मेरो आधा जिवन वितेको छ । यो सबै कुरा भईकन पनि राष्ट्रिय राजनीतिमा स्थापित भएर, भूमिका खेलेर र नै प्यूठानमा आएको हुँ । र यो मेरो भूमिकाको जनताको, प्यूठानी मातृभुमीको सेवामा समर्पित गर्न यहाँ आएको हुँ ।

 

म यहाँबाट व्यक्तित्व बनाएर राष्ट्रिय राजनीतिमा स्थापित हुने र उतै हराउने त्यो स्वार्थी बाटोमा होइन । आफ्नो त्यो हैसियत र व्यक्तित्वलाई प्यूठान र प्यूठानी जनताको सेवामा समर्पित गर्ने अरुभन्दा फरक बाटोबाट म यहाँ आएको छु । अब प्यूठानमा धेरै नेता जन्मे । उहाँहरुले केही गर्नुभएन म भन्दिन । उहाँहरुले सुरु बेलादेखि कम्युनिष्ट आन्दोलनलाई आजको स्थितिमा स्थापित गर्ने विन्दुसम्म महत्वपूणर् भूमिका खेल्नुभाछ ।

 

अहिले विभाजित अबस्थामा पनि ७७ प्रतिशत जनमत प्यूठानको बामपन्थी छ । तर यहाँसम्म आइपुग्दा कम्युनिष्ट पार्टीका संस्थापक स्वयम् मोहनविक्रमले बाटो बिराउनुभो । उहाँ चाँहि स्वर्ग जाने भन्दै नर्गको टिकट काटेर हिडे जस्तो गर्नु भो । कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने भन्नुभयो, कांग्रेस नेतृत्वको गठबन्धन बनाएर त्यो गठबन्धन अपरिहार्य छ भन्दै हिड्नुभो । प्रतिनिधिसभा विघठनलाई प्रतिगमन भन्ने चाँहि गलत निष्कर्षका साथ आरोपित गर्नुभो ।

 

श्रीमतिलाई उम्मेदवार बनाउनका निम्ति पार्टी पक्ति सबैको चित्त दुखाएर चाँहि थुपर्ने काम गर्नु भो । जिवनको ८८ वर्षको उमेरमा आएर उहाँले सबै कुरो मिथ्या हो श्रीमतिलाई उम्मेदवार बनाउने कुरा चाँहि सबथोक हो भन्नेमा लाग्नुभो । अरु सबै नेता आफ्ना आफ्ना प्रवृति छन् । ती प्रवृतिको म विश्लेषण गर्न चाहन्न । सबैको बारेमा लेख्ने हो भने एक/एक वटा किताब लेख्न सक्छु । तर चाँहि कति महासचिव हुनुभयो भन्नेले कुनै अर्थ राख्दैन ।

 

प्यूठानको राजनीतिलाई सही बाटो हिडाउन सक्ने कति भूमिका खेल्नु भयो भन्ने कुरा महत्वपूणर् हो । उहाँहरुले आआफ्नो समयमा योगदान गर्नुभो । म त्यसको सम्मान गर्छु तर सही बाटो हिडाउन सक्नुभएन । सही गन्तब्य पुर्‍याउन सक्नुभएन ।
स्थानीय तहमा माओवादीलाई जिताउन लाग्नुभो, अहिले फेरि माओवादीसहितको गठबन्धनलाई हराउन लाग्नुहुन्छ, यस्तो खालको दोहोरो चरित्र देखिन्छ नि त, जब कि एमालेले देशैभर माओवादीसँग गठबन्धन गरेन तर तपाई आफ्नो पालिकामा माओवादीसँग गठबन्धन गर्नुभयो, माओवादीको शसक्त विरोधी पनि हुनुहुन्छ !

 

द्वन्द्ववादले के भन्छ भने जुत्ताको नाम अनुसार खुट्टा काट्दै नहिड्नु, खुट्टाको नामअनुसार जुत्ताको खोजी गर्दै हिड्नु भन्ने छ । जब नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाले हामी विरुद्ध गठबन्धन गरे र माओवादीका साथीहरुलाई उपेक्षा गरे ।
त्यस्तो स्थितिमा हामीले नयाँ गठबन्धन गरेको हो । माओवादीलाई जिताएको, जिताउन लागेको होइन, त्यहाँ हामीले भोट लेनदेन गरेको हो नयाँ गठबन्धन गराएको हो । ५ दलको गठबन्धनको निसार्थकता झिमरुकमा प्रकट भएपछि सार्थक गठबन्धनको खोजी गरेका हौँ । र अघोषित कार्यगत एकता, चुनावी तालमेल र भोट लेनदेन गरेका हौं ।

 

त्यो सफल भयो, त्यहाँ ५ दलीय गठबन्धन असफल भयो । हामीले त देशभरी नै गर्न खोजेको ५ दलीय गठबन्धनलाई असफल पार्न खोजेको हो । यस्तो त राजनीतिमा गर्नुपर्छ गरिन्छ, यो दोहोरो चरित्र पनि होइन । यो चाँहि माओवादीको शसक्त विरोधी पनि होइन व्यवहारमा माओवादीलाई जिताउने पनि होइन । हामीले परिस्थितिको शक्ति सन्तुलनको, गठबन्धनको, हाम्रा विरुद्ध घेराबन्दीको मोर्चाबन्दीको र त्यसलाई परास्त गर्न त्यो सबै गरेका हौं ।

 

प्यूठानमा गठबन्धनले राजमोलाई टिकट दिदा तपाइलाई अल्ली सहज भएको होकि भन्छन् । यसलाई कसरी लिनुहुन्छ साथै प्यूठानमा तपाईले जित्ने आधार के के देख्नुभएको छ ? ३ दलको मतले सिधै गठबन्धन अगाडि छ । यो अबस्थामा पनि एमालेले जित्न सक्छ ?
रोचक प्रश्न गर्नुभो गठबन्धनले कसलाई उठाउछ त्यो हाम्रो विषय होइन । यो गठबन्धनको विषय हो । उहाँहरुले भागबन्डा गर्दा कुन पूर्व सर्तका आधारमा गर्नुभो मैले जान्ने कुरा भएन । राष्ट्रिय जनमोर्चा यहाँको खिइदो, टाक्सिदो शक्ति हो । यहाँ जनमोर्चामा धेरै इमान्दार साथीहरु हुनुहुन्छ । उहाँहरुको सिंगो पुस्तानै त्यो पार्टीले शोषण गर्‍यो । सिंगो जिवन बर्बाद गर्ने काम गर्‍यो । दोहन गर्‍यो ।

 

द्वन्द्ववादले के भन्छ भने जुत्ताको नाम अनुसार खुट्टा काट्दै नहिड्नु, खुट्टाको नामअनुसार जुत्ताको खोजी गर्दै हिड्नु भन्ने छ । जब नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाले हामी विरुद्ध गठबन्धन गरे र माओवादीका साथीहरुलाई उपेक्षा गरे ।
त्यस्तो स्थितिमा हामीले नयाँ गठबन्धन गरेको हो ।

१५ वर्षसम्म मोहन विक्रमको श्रीमति दुर्गा पौडेललाई उम्मेदवार बनाउने कुरालाई यहाँ जिल्लाका साथीहरुले टुलुटुलु हेरेर, सहेर, निरुपाय भएर, बोल्न नसकेर मानिराखेका छन् । १५ पन्चायतको आधा अवधि हो । पन्चायतले ३० वर्ष शोषण दमन गरे जस्तै मोहन विक्रमले आफ्नो श्रीमतिलाई एक पटक समानुपातिक, ७४ सालमा प्रत्यक्ष र अहिले पनि मतदान गरेर एकभोटको बहुमतले उम्मेदवार बनाएर थोपर्नुभएको छ । त्यसैले ती साथीहरुको चित्त दुखेको छ । म भन्न चाहँन्छु । जनमोर्चामा काम गरेका ७० प्रतिशत नेता कार्यकर्ताहरु एमालेको जिल्ला कमिटी नेतृत्वमा हुनुहुन्छ ।

 

अब दुर्गा हुँदा सजिलो र अरु हुँदा गाह्रो भन्ने होइन । नेकपा एमालेको अगाडि राष्ट्रिय जनमोर्चा कुनै तुलना सक्ने शक्ति होइन । हामी स्थानीय चुनावमा ४१ हजार मत प्राप्त गरेको शक्ति हौँ । उहाँहरु १३ हजार चानचुन प्राप्त गरेको शक्ति हो । त्यो पनि कांग्रेस, माओवादीले भोट हाल्दिदा खेरि । उहाँहरुको हालत त्यो स्थितिमा रहेको छ । थुप्रै साथीहरु चुनाव पछि पनि हाम्रो पार्टीमा प्रवेश गर्नुभएको छ । त्यसकारण उहाँ आउदा खेरि मलाई व्यक्तिगत रुपमा केही फरक पर्दैन । मैले धैरै महत्व पनि दिएको छैन । प्यूठानका मतदाताले बढो महत्वका साथ हेरेका छन् । ५ वर्षअघि चुनाव जितेपछि मतदाताकहाँ फर्केर आउनुभएन छ, मतदाताका पिरमर्का बुझ्नु भएनछ । कहाँ जानुभो, कहाँ वेपत्ता हुनुभो, कहिल्य मुख देख्न पाइएन भन्ने मतदाताको गुनासो छ । त्यस हिसाबले मैले अरु केही टिप्पणी गर्न चाहन्छ । यो उम्मेदवारी अप्राकृतिक छ ।

 

राष्ट्रिय जनमोर्चा हामीसँग प्रतिस्पर्धा गर्न सक्षम, योग्य र सुहाउने शक्ति होइन र गठबन्धन भएर उहाँहरु ३ वटा, ४ वटा भएर आउने कोशिस गर्नुभाछ त्यसो भएर । गठबन्धनको तागतमा उहाँको प्रतिस्पर्धा मैले चाँहि त्यति बलियो हुन्छ भन्ने ठान्या छैन । र ३ दल मतमा सबै जस्ता त्यस्तै जोड्दा केही अगाडि छ । तर बैेेेशाख ३० पछि झिमरुक, माडि नदिमा धेरै नै पानी बगिसक्या छ । गठबन्धन आफैमा बदनाम छ, हानथाप छ, शक्ति संघर्ष छ, एकले अर्कालाई नस्वीकार्ने प्रवृति छ । उम्मेदवारको चाँहि कुनै योग्यता, क्षमता छैन । पटक पटक परिक्षित र असफल उम्मेदवार बोकेर हिड्नुभाछ । जनतामा कुनै आकर्षण छैन ।

यो अवस्थामा एमालेले सजिलै चुनाव जित्छ । हामी सजिलै चुनाव जित्ने गरी प्रतिनिधिसभा तथा प्रदेशसभा जित्ने गरी जनताका बीच पुगेका छौँ । हामीसँग नसकेरै गठबन्धन बनेको हो नि त केन्द्रीय रुपमा एक्लाएक्लै सक्ने भए त एक्लाएक्लै आउनुहुन्थ्यो नि त नसकेरै गठबन्धन बनाउनु भएको हो । त्यसैले उहाँहरुको हानथाप, स्वार्थ, छिनाझप्टीको जगमा, उहाँको कमजोरीमै टेकेर, उहाँहरुको ढाडमा टेकेरै टाउको हान्छौँ र चुनाव जित्छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *