> समाज > झिमरुक खोलामा डुबेर एक महिलाकाे मृत्यु


झिमरुक खोलामा डुबेर एक महिलाकाे मृत्यु

प्यूठान । झिमरुक नदीमा डुबेर एक महिलाको मृत्यु भएको छ । झिमरुक गाउँपालिका वडा नं. ८ गब्दी निवासी अन्दाजी ४० वर्षीया श्याम कुमारी साकी (बाली)को नदिमा डुबेर मृत्यु भएको हो ।

तस्विर: राजेश जिसी

दिउँसो करिव ३ बजे ददेरी भन्ने स्थानबाट श्याम कुमारी खोलामा हाम फालेको आफूले जानकारी पाएको वडा अध्यक्ष तुलस बस्नेतले बताउनुभयो । केहि दिनदेखि विरामी श्यामकला श्रीमानसँगै उपचारका लागि जाँदै गर्दा खोलाम हाम फालेको बताइएको छ ।

 

प्रहरी घटनास्थलमा पुगेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *