> समाज > प्यूठानमा स्वास्थ्यकर्मीसहित २ जनालाई कोरोना संक्रमण


प्यूठानमा स्वास्थ्यकर्मीसहित २ जनालाई कोरोना संक्रमण

प्यूठान, २७ भाद्र । प्यूठानमा स्वास्थ्य चौकीमा कार्यरत १ महिला स्वास्थ्यकर्मी सहित २ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिवार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहिमा गरिएको परिक्षणका क्रममा प्यूठानका २ जनालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । संक्रमितहरु १ जना झिमरुक गाउँपालिकामा र १ जना सरुमारानी गाउँपालिकामा रहेको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदिले जानकारी दिनुभयो ।

सरुमारानीमा देखिएको संक्रमित ढुङ्गेगढि स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी रहेको गाउँपालिका स्वास्थ्य संयोजक टेकेन्द्र रायमाझीले बताउनुभयो । स्वास्थ्य चौकीमा कार्यरत अन्य कर्मचारीको पहिलो चरणमा परिक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको र अहिले दोस्रो चरण एक महिला कर्मचारीको परिक्षण गर्दा पोजेभिट देखिएको उहाँको भनाई छ । स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्र्यकर्मीलाई कोरोना देखिएपछि स्वास्थ्य चौकी सञ्चालन गर्ने नगर्ने बारे अहिले छलफल भईरहेको गाउँपालिका स्वास्थ्य संयोजक रायमाझीले बताउनुभयो ।

यस्तै झिमरुक गाउँपालिकामा देखिएको संक्रमित विदेशबाट आइ गाउँपालिकाले निमार्ण गरेको क्वारेन्टाइनमा रहेको गाउँपालिका अध्यक्ष तिलक जि.सीले जानकारी दिनुभयो ।

यससँगै प्यूठानमा कोरोना संक्रमितको संख्या ४७५ पुगेका छन् जसमध्ये ४५२ जना निको भएर घर फर्किसकेका छन् भने २ जना कोरोना संक्रमितको मृत्यु भईसकको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *