स्थानीय सरकार

नौबहिनीको नीति कार्यक्रम : बालविवाह शून्य बनाउने, आगामी वर्ष मिडिया सम्मेलन

श्रीराम भण्डारी
बाहाने । नौबहिनी गाउँपालिकाले आगामी ४ वर्षभित्र बालविवाहलाई शुन्यमा पुर्‍याउने नीति अघि सारेको छ । मंगलबार गाउँपालिकाको २० औं अधिबेशनमा अध्यक्ष दिलबहादुर थापाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गर्नुभएको हो ।

गाउँपालिकाले आगामी वर्ष पर्यटन प्रबर्द्धनका लागि नौबहिनी मिडिया सम्मेलन गर्ने भएको छ । गाउँपालिका भित्र पहिचान भएका र नभएका पर्यटकीय स्थलहरुको पुर्वाधार बिकासमा जोड दिँदै सम्मेलन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मतले पारिद गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँसभा अधिबेशनमा वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष बिष्ना थापाले आगामी आर्थिक वर्ष २०८३।०८४ को प्रस्तावित नीति तथा कार्यक्रम कार्यान्वयन गर्न जम्मा रु. ५६ करोड ७९ लाख ३१ हजार ८ सय खर्च हुने अनुमान प्रस्तुत गर्नुभएको छ ।

चालु आव २०८२/०८३ को असार मसान्त सम्मको संशोधित आय अनुमान ५६ करोड २० लाख ६४ हजार २ सय ६६ रुपियाँ ३० पैसा रहेकोछ भने आर्थिक वर्षको अन्तिमसम्म ५० करोड ५ लाख २४ हजार ४३ रुपियाँ १ पैसा व्यय हुने अनुमान गरिएको छ ।

गत आव २०८१/०८२ मा गाउँपालिकाको खुद आम्दानी ४९ करोड ५ लाख २४ हजार ९ सय १८ रुपियाँ ८७ पैसा भएकोमा सोही आव मा ४८ करोड ३० लाख ८५ हजार १० रुपियाँ ४६ पैसा खर्च भएको छ ।

Related Articles

Back to top button