प्यूठान, २३ भाद्र । प्यूठानमा जुवा खेलिरहेका जनप्रतिनिधि सहित ७ जना पक्राउ परेका छन् ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय विजुवारले मंगलबार बेलुका पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा एक जना जनप्रतिनिधि सहित ७ जना रहेका छन् । इलाका प्रहरी कार्यालय प्यूठानले उक्त घटनाबारे सूचना दिन नमिल्ने बताएको छ ।
जिल्ला प्रहरी कार्यालय प्यूठानले भने घटनाबारे आफूहरुलाई थाहा नभएको जनाएको छ । विजुवार चोकमा रहेको लालिगुरास होटलबाट प्रहरीले नगद सहित जुवा खेलिरहेका व्यक्तिलाई पक्राउ गरेको हो ।
