> समाज > महिला हिंसा विरुद्धको कार्यक्रम बाग्दुला प्यूठानमा


महिला हिंसा विरुद्धको कार्यक्रम बाग्दुला प्यूठानमा

प्यूठान, १ कार्तिक । नेपाल स्वतन्त्र युवा समाजद्वारा महिला हिंसा विरुद्धको कार्यक्रम बाग्दुला प्यूठानमा सम्पन्न भएको छ ।

देशमा बढिरहेको बलात्कार घटनाहरु रोकथाम गर्न सरकारले कडा कदम चाल्नु पर्ने माग सहित कार्यक्रमको आयोजना गरिएको हो । महिला रास्ट्रपति भएको देशका महिलाहरु दिन दिनै बलात्कारका घटना होस या अन्य जघन्य अपराध को सिकार हुनु दुःखद भएको समाजको ठहर छ ।

नेपाल स्वतन्त्र युवा समाजका संयोजक जीवन खनालले नेतृत्व गर्नुभएको कार्यक्रमको सहजिकरण अस्मिता गहतराज ले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *