प्यूठान, ३० वैशाख । नेपालमा थप ५७ जनामा कोरोना संक्रमणपुष्टि भएको छ ।
मंगलवार थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिनुभयो ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ । आज देखिएका संक्रमित ५७ जना मध्ये ८ जना कपिलवस्तुका, ९ जना रुपन्देहिका, ३९ जना पर्साका र १ जना बाराको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार संक्रमित हुने सबै पुरुष रहेका छन् ।
