> आर्थिक/बिकास > सहकारीको अन्तर्राष्ट्रिय ब्राण्डको लागि कार्यशाला प्यूठानमा


सहकारीको अन्तर्राष्ट्रिय ब्राण्डको लागि कार्यशाला प्यूठानमा

कमल वि.क.
प्यूठान । एक्सेस भेरीकणर्ाली क्लष्टर प्रथमको एक दिने कार्यशाला शुक्रवार प्यूठानको जुम्रीमा सम्पन्न भएको छ । विजय फूलवारी बचत तथा ऋण सहकारी संस्था लि. प्यूठान न.पा. ३, जुम्रीको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कुनको प्राविधिक सहयोगमा १७ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सञ्चालन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी प्यूठान गरपालिका प्यूठानका नगरप्रमुख विष्णु योगीले सहकारीले विश्वसनीय ढंगले शेयर सदस्यको बचतलाई सुरक्षित गर्नुपर्नेमा जोड दिनुभएको छ ।


कार्यक्रममा बोल्ने अतिथी वक्ताले सहकारी हरपलको वित्तीय संस्था भएकोले शेयर सदस्यले संस्थाबाट नियम सँगत ढंगबाट प्रदान गरिएका सुविधा उपयोग गर्ने र आफ्नो दायित्व पनि पुरा गर्नुपर्ने तथा सहकारीका सञ्चालक तथा व्यवस्थापन पक्षले पनि सरकार तथा नियामक निकायका कानुन तथा नियम विनियम अनुसार पारदर्शी तरिकाले सदस्यको लाभमा सेवा प्रवाह गरी नमुना सहकारी बन्नु पर्ने बताउनु भएको छ ।

कार्यशालामा आयोजक सहित ६ सहकारीले नेफ्स्कुन अनुसारको ढाँचामा संस्थाको प्रस्तुतीकरण गरिएको छ । शिखर साकोस सुर्खेत, गंगामाला साकोस सुर्खेत, ग्रामिण साकोस सल्यान, सिको साकोस वर्दिया, हाम्रो मध्यवर्ती साकोस वर्दिया र विजय फूलवारी साकोस प्यूठानका व्यवस्थापकले प्रस्तुतीकरण गर्नुृभएको हो । प्रस्तुतीकरणको सहजिकरण नेफ्स्कुनका कार्यक्रम अधिकृत कोमल राज अधिकारीले गर्नुभएको थियो ।


एक्सेस यशिया स्तरको अन्तर्राष्ट्रिय ब्राण्ड हो । एक्सेस ब्राण्डिङ कार्यक्रमले संस्थामा ४ आयामहरु अन्तर्गत वित्तीय पक्ष, सदस्यता पक्ष, आन्तरिक कार्यसञ्चालन प्रक्रियाको पक्ष र सिकाई तथा बृद्धि पक्षको अनुगमन गर्दछ । आगामी कार्यशाला गोष्ठी २०८० वैशाख १६ गते सल्यानको ग्रामिण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गर्ने भएको छ ।


विजय फूलवारी साकोस प्यूठानका अध्यक्ष नेत्रमणि आचार्यको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष राधा पुलामीले राख्नु भएको थियो । कार्यक्रममा बचत तथा ऋण जिल्ला संघका अध्यक्ष, सहकारी संस्थाका सञ्चालक, कार्यकारी अधिकृत, व्यवस्थापक, सल्लाहकार तथा कर्मचारीको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण लेखा सुपरिवेक्षण समिति संयोजक सुशिल पोखरेलले गर्नुृ भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *