स्थानीय सरकार

ऐरावतीको अध्यक्षमा नविलविक्रम शाह र उपाध्यक्षमा कृष्ण श्रेष्ठ निर्वाचित

प्यूठान । ऐरावती गाउँपालिकाको अध्यक्षमा नविल विक्रम शाह निर्वाचित हुनुभएको छ । शाह दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

 

त्यसैगरि गाउँपालिका उपाध्यक्षमा कृष्ण श्रेष्ठ निर्वाचित हुनुभएको छ । दुवै जना नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाको चुनावी तालमेलबाट उम्मेदवार बन्नुभएको थियो ।

 

अध्यक्ष शाहले ४६६९ मत प्राप्त गर्नुभयो । उहाँको प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका बुद्ध बस्नेतले २६५०, नेकपा एमालेका श्याम थापाले १५८६ मत प्राप्त गर्नुभयो ।

 

उपाध्यक्ष श्रेष्ठले ४६४७, उहाँको प्रतिस्पर्धी नेकपा एमालेका कमला कुमारी ज्ञवालीले १५४७ र स्वतन्त्र उम्मेदवार टिका बहादुर गुरुङले १७२१ मत पाउनुभएको छ ।

 

त्यसैगरि ६ नम्वर वडामा गठबन्धनबाट भरत बहादुर खड्का क्षेत्री ७१६ मत प्राप्त गरि विजयी हुनुभएको छ । प्रतिस्पर्धी एमालेका डिल बहादुर राउतले ६३९ र स्वतन्त्र उम्मेदवार इन्द्र बहादुर खड्काले २४९ मत पाउनुभएको छ ।

Related Articles

Back to top button