प्युठान । नेकपा एमाले प्युठानले जिल्लामा कृयासिल जन संगठनहरु संग संयुक्त बैठक गरेको छ । नेकपा एमाले प्युठानका अध्यक्ष बिजय बिराज बिष्टको अध्यक्षतामा र नेकपा एमाले केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सह- इन्चार्ज गिरधारीलाल न्यौपानेको प्रमुख आतिथ्यमा जनवर्गीय संगठनहरुको अहिलेको अवस्था वारे रिपोर्टिङ गरिएको थियो ।
शुक्रवार जिल्ला पार्टी कार्यालयजो सभा हलमा भएको बैठकले नेकपा एमाले सम्बद्ध सबै जनवर्गीय संगठन गठन पुर्नगठन लगाएको कार्यलाई अगाडि बढाउने भएको छ ।
पार्टीलाई ब्यवस्तित रुपमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेकोले सोही अनुसार जनवर्गीय संगठनहरु लाग्नुपर्ने प्रमुख अथितिले न्यौपानेले बताउनुभयो । २३ वटा जनवर्गीय संगठनका अध्यक्ष पदाधिकारीहरुले आफ्नो संगठनले गरेका कार्यक्रमको रिपोर्टिङ गरेका थिए । केन्द्रिय निति अनुसार आगामी बैशाख ९ गते सम्म देशभर सबै जनवर्गीय संगठनहरुको अधिबेशन गरिसक्नुपर्ने डेटलाईन दिएको छ ।
नेकपा एमाले जनताको पक्षमा बोल्ने संगठन भएकोले यस्लाई थपशसक्त बनाएन ग्रासरुट सम्म पुर्याउन जनवर्गीय संगठनको महत्त्वपूर्ण भुमिका हुने भएकोले यस्लाई थप सुदृढ गर्दै अगाडि बढनुपर्ने न्यौपानेले बताउनुभयो । अहिलेको अवस्थामा किसान मजदुर ब्यापारी कर्मचारी दलित जनजाति लगाए सबैको सारथि भएकोले संगठनलाई धेरैले माया गर्ने उहाको भनाइ छ ।
ग्रास रुट कार्यक्रम जिल्ला पालिका वडा सम्म भेला अधिबेशन र सम्मेलन गर्ने कार्यतालिका रहेको छ । पार्टी सदस्यको नवीकरण गर्ने, नयाँ सदस्य पार्टी प्रवेश गराउने फारम भर्ने, बिशिस्ट ब्यक्ति लाई सम्मान गर्ने, स्वबियु निर्वाचन, जनवर्गीय संगठनहरुको भेला गठन पुनः गठन, सदस्यता बितरण, लगायतको गतिबिधि गर्ने अध्यक्ष बिजय बिराज बिष्टले जानकारी दिनुभयो ।
