प्यूठान । प्यूठान डेरी संघको प्रथम भेला चितिखोलामा सम्पन्न भएको छ । भेलाको एक कार्यक्रमका बीछ जिल्ला समन्वय समितिका प्रमुख धरम जिसीले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्यूठान नगरपालिकाका प्रमुख बिष्णु योगीले नगरपालिकाले दुग्ध उत्पादन किसानलाई उत्पादनमा आधारित अनुदान दिदै आएको बताउनुभयो । कृषि उपजमा आत्मनिर्भर बनाउन बिभिन्न कार्यक्रम गर्दै आएको उल्लेख गर्दै उहाँले किसान पेन्सन कार्यक्रम संचालन गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै प्यूठान उद्योग बाणिज्य संघका अध्यक्ष सन्देश आचार्यले डेरी ब्यबसायलाई ब्यबस्थित गर्न संघ स्थापना गरिएकोले उद्देश्य अनुसार गतिबिधि अघि बढाउन आग्रह गर्नुभयो ।
सोही अवसरमा प्यूठान नगरपालिका-२ चितिखोलामा संघको जिल्ला कार्यालय उद्घाटन गरिएको छ ।
जिल्लामा ७९ प्रतिसत दुध आयत हुँदै आएकोले जिल्लालाई दुधमा आत्मनिर्भर बनाउन सबै क्षेत्रको सहकार्य आवश्यक रहेको संघका जिल्ला सचिव सिर्जना खनालले बताउनुभयो ।
