> राष्ट्रिय > स्वर्गद्वारी नगरपालिकाका वडा सचिव आन्दोलित


स्वर्गद्वारी नगरपालिकाका वडा सचिव आन्दोलित

प्यूठान । स्वर्गद्वारी नगरपालिकामा कार्यरत वडा सचिव आन्दोलित भएका छन् । नगरपालिकाको प्रशासन शाखा र जिन्शी शाखामा प्रशासनिक कर्मचारी नराखेर प्राविधिक कर्मचारीलाई खटाएको भन्दै वडा सचिवले वडाको काम स्थगित गरेर आन्दोलित भएका हुन् ।

 

नगरपालिकाले साउन २३ गते पालिकाको प्रशासन शाखा र स्टोर शाखामा प्राविधिक कर्मचारी राखेको छ । उक्त शाखामा सम्वन्धित कर्मचारी नराख्दासम्म वडाको काम नगर्ने र नगरपालिकामा हाजिर हुने जानकारी गराएको स्वर्गद्वारी नगरपालिका वडा नं. ९ का वडा सचिव विष्णु पोख्रेलले बताउनुभयो । “हामी सवै वडा सचिव नगरपालिकामै छौं,” उहाँले प्यूठान समाचारलाई भन्नुभयो,“माग पुरा नहुँदासम्म नगरपालिकामै हाजिर हुन्छौं ।”

नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नभएकाले नगर प्रमुखलाई पत्र बुझाइएको उहाँले बताउनुभयो । आफ्ना मागमा नगरप्रमुख सकारात्मक नभएको समेत उहाँको भनाई छ । प्रमुख प्रशासकीय अधिकृत आज आउने भनेपनि अहिलेसम्म आइनपुगेको समेत पोख्रेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *