> आर्थिक > फागुन ८ देखि १८ गतेसम्म स्वद्वारी प्यूठान महोत्सव


फागुन ८ देखि १८ गतेसम्म स्वद्वारी प्यूठान महोत्सव

प्यूठान समाचार सम्वाददाता
प्यूठान, ३ फागुन ।
यहि फागुन ८ देखि १८ गतेसम्म प्यूठान नगरपालिका–४ स्थित गणतान्त्रिक खेलकुद मैदान विजुवारमा महोत्सव सञ्चालन हुने भएको छ । प्यूठान उद्योग वाणिज्य संघको आयोजनामा ‘स्वर्गद्वारी प्यूठान चौथो महोत्सव–२०७६’ आयोजना गर्न लागिएको संघले जनाएको छ ।
शनिबार पत्रकार भेटघाट आयोजना गरि महोत्सवमा हुने विविध कार्यक्रमबारे आयोजकले जानकारी गराएको हो । एघार दिनसम्म चल्ने महोत्सवमा आधुनिक कृषि औजारको प्रर्दशनी, विभिन्न कलाकारको दैनिक प्रस्तुती, लोक दोहोरी तथा लोक नृत्य प्रतियोगिता, ऐतिहासिक तथा परम्परागत सामाग्रीको प्रर्दशनी, मौलिक खाना तथा चमेना गृह सञ्चालन, सराँए नाँच तथा हनुमान नाँच प्रर्दशनी, स्थानीय उत्पादन प्रर्दशनी, धार्मिक तथा पर्यटकीय स्थलको स्टल, बाल उद्यान, स्वर्गद्वारी मन्दिरको प्रतिक स्थापना र पुजाआजाको व्यवस्था मिलाउने आयोजकले जनाएको छ ।
पर्यटन प्रर्वद्धनमा सघाउ पुग्ने
नेपाल भ्रमण वर्ष सन् २०२० लाई जोडेर स्वर्गद्वारी प्यूठान चौथो महोत्सव सञ्चालन हुन लागेको छ । जिल्लाको कृषि, पर्यटन, ऊर्जा, स्थानीय उत्पादन, कला संस्कृतिको प्रर्वद्धन गर्ने उदेश्य सहित महोत्सव आयोजना गरिएको प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष केदारमान कक्षपतिले बताउनुभयो । संघले नियमित रुपमा महोत्सव आयोजना गर्दै आएको छ, उहाँले भन्नुभयो, यस पटक जिल्लाको पर्यटन प्रर्वद्धनमा हामीले जोड दिएका छौं ।
महोत्सव अवधिभर करिव आठ करोड रुपियाँको कारोबार हुने आयोजकको अपेक्षा छ । २५० स्टल मध्ये ५० वटा स्टल निःशुल्क रुपमा प्रदान गरिने अध्यक्ष कक्षपतिले बताउनुभयो । सूचना, पर्यटन, कृषि, स्थानीय उत्पादन, कला संस्कृति लगायत क्षेत्रका लागि निःशुल्क स्टलको व्यवस्था गरेका छौं, उहाँले भन्नुभयो ।
महोत्सवले जिल्लाको विकास निर्माणदेखि पर्यटन प्रर्वद्धन र पूर्वाधार निर्माणमा सरोकारवालाको ध्यानाकर्षण गर्ने अपेक्षा गरिएको छ । विगतका महोत्सवले पनि जिल्लाको विकास निर्माणमा टेवा पु¥याएको थियो, अध्यक्ष कक्षपतिले भन्नुभयो, यो महोत्सवले पनि थप सहयोग गर्नेछ ।
प्यूठानमा कहिलेदेखि शूरु भयो महोत्सव ?
प्यूठान उद्योग वाणिज्य संघले अहिले गर्न लागेको महोत्सवलाई चौथो महोत्सवको रुपमा उल्लेख गरेको छ । संघले पहिलो पटक २०६५ सालमा महोत्सव आयोजना गरेको थियो । जसको उद्घाटन तत्कालिन रक्षामन्त्री राम बहादुर थापा बादलले गर्नुभएको थियो । उक्त महोत्सवको पहलमा भिंगृ–स्वर्गद्वारी सडकको ट्रयाक खुलेको थियो ।
२०७१ सालमा सञ्चालन भएको दोस्रो महोत्सवको उद्घाटन तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले गर्नुभएको थियो । जुन कार्यक्रममा तत्कालिन गृहमन्त्री बामदेव गौतम, तत्कालिन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा. गोविन्दराज पोख्रेल लगायतको उपस्थिती रहेको थियो ।
पछिल्लो पटक २०७४ सालमा होटल व्यवसायी संघ प्यूठानसँग संयुक्त रुपमा तेस्रो महोत्सव सञ्चालन भएको थियो । जसले गर्दा यो वर्ष गर्न लागिएको महोत्सवलाई आयोजकले चौथो महोत्सवको रुपमा अथ्र्याएको छ । यसअघि संघले २०६८ सालमा स्वर्गद्वारीको आधार शिविर भिंगृमा धार्मिक महोत्सव समेत सञ्चालन गरि धर्मशाला निर्माण गरेको छ । यसवीचमा जिल्लाका विभिन्न संघ संस्थाले पनि महोत्सव आयोजना गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *