रमेश गिरी
प्यूठान, २२ चैत्र ।
कोरोना भाईरस संक्रमण रोकथाम तथा राहत वितरणका लागि स्थापना गरिएकोमा विपत्त कोषमा सहयोग जुट्न थालेको छ । प्यूठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतीको विशेष पहलमा सहयोगीहरुले नगद रकम उपलब्ध गराएका छन् ।
सहयोग रकमबाट खाद्य सामग्री खरिद गरी नगरका सबै वडाका अति विपन्न परिवारलाई वितरण गर्ने मेयर कक्षपतीले जानकारी दिनुभयो ।
सहयोगदाताहरू नामावली सहित विवरण यसप्रकार छ ।
मुना कक्षपती (संजोग ट्रेडस जुम्री) ३० हजार
श्रीप्रसाद प्रधान (विजुवार) २५ हजार
बद्रीनाथ श्रेष्ठ (जुम्री) २० हजार
रमेश पौडेल (बाग्दुला) २० हजार
ओमकार कर्माचार्य (विजुवार) २० हजार
नवीन जिसी (आयुष्मा होटल जुम्री) २० हजार
दिपेन्द्र केसी (मरन्ठाना) १५ हजार
वसन्त गिरी (काठमाडौं) १५ हजार
नवीन श्रेष्ठ (विजुवार) १५ हजार
विरेन्द्र श्रेष्ठ (हिमाल) १५ हजार
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ प्यूठान १० हजार
शुनिल शाही (लेकाली) खलंगा १० हजार
हिरालाल गिरी (खलंगा) १० हजार
जिन्सी समेत सहयोग प्राप्त भएको नगरपालिकाले जनाएको छ ।
सत्यसाइ केन्द्र परिवार विजुवार २० हजार बरावरको खाद्य सामग्री
विष्णु गिरी (मरन्ठाना) १ हजार थान माक्स
महिला सामुदायिक लघुवित्त वित्तिय संस्थाबाट १ हजार थान सावुन
