> आर्थिक > किसान मकै छर्न व्यस्त


किसान मकै छर्न व्यस्त

प्यूठान, २१ बैशाख ।
जिल्लाका किसान यतिबेला बारीमा मकै छर्न व्यस्त छन् । गहुँबाली भित्र्याएपछि किसानहरु फेरी मकै छर्ने काममा व्यस्त हुन थालेका हुन् ।
लकडाउनले यतिवेला शहरबजार सुनसान जस्तो देखिएपनि गाउँमा मेलापातको कामले मानिसहरुलाई व्यस्त बनाएको छ । कतै अझै पनि बाली भित्र्याउन, मल फाल्न, जोत्न किसान व्यस्त छन भने कतै मकै छर्न व्यस्त छन् ।

कतिपयले ट्याक्टर लगायतका मेसिन औजारको प्रयोग गरेर खनजोत गर्ने गरेका छन भने कतिपयले अझै पनि गोरुको प्रयोग गरेर जोत्ने गरेको देखिन्छ ।

आठ हल गोरु एउटै बारिमा

मान्डबी गाउपालिका-३ जस्पुरका किसानहरुले आलोपालो मकै छर्दै छ्न । तस्बिरमा जस्तै सबै मिलेर काम गर्दा थकानको महसुस पनि नहुने र काम पनि छिटो सकिने भएकाले यसो गरेको किसानहरुले बताएका छ्न ।

error: Content is protected !!