> स्थानीय सरकार > ऐरावतीको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न


ऐरावतीको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

प्यूठान । ऐरावती गाउँपालिकाको चालु आर्थिक वर्ष २०८२।०८३ को दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । विहीबार ऐरावती गाउँपालिका–४ धुवाङ स्थित पदमोदय माध्यमिक विद्यालयमा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।

 

सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शदर गौतमले दोश्रो चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । चालु आर्थिक वर्षको हालसम्म ३९ दशमलव २३ प्रतिशत वित्तिय प्रगति भएको उहाँले बताउनुभयो ।

 

कार्यक्रममा पूर्व प्रतिवेदनमा उठेका सवाल र खुल्ला छलफलमा उठेका सवालको जवाफदेहि वक्ताहरुले जवाफ दिएका थिए । सार्वजनिक सुनुवाईमा शिक्षा, स्वास्थ्य, कृषि, सिंचाई, पूर्वाधार, खानेपानी योजना लगायत विषयमा सहभागीले प्रश्न गरेका थिए ।

 

सहभागीले उठाएका सवालको गाउँपालिका अध्यक्ष नविल विक्रम शाह, प्रमुख प्रशासकीय अधिकृत शरद रेग्मी, शिक्षा, खेलकुद तथा युवा शाखा प्रमुख यम प्रसाद पाण्डे, कृषि शाखा प्रमुख सरोज घर्तिले जवाफ दिनुभएको थियो ।

 

मल्लरानी मिडिया प्रालिले सहजीकरण गरेको कार्यक्रमको सञ्चालन सुजल श्रेष्ठले गर्नुभएको थियो । गाउँपालिकाले यसअघि पहिलो चौमासिकको सार्वजनिक सुनुवाई गाउँपालिकाको सभाहलमा गरेको थियो ।