प्यूठान । माण्डवी गाउँपालिका प्यूठानका जेष्ठ नागरिकलाई थरमस र टेक्ने लौरो उपहार प्रदान गरिएको छ । ८० वर्ष उमेर माथिका जेष्ठ नागरिकलाई गाउँपालिकाले यस्तो उपहार दिएको हो ।
वार्षिक स्वीकृत जेष्ठ नागरिक सम्मान कार्यक्रम अनुसार बस्तिस्तरमा पुगेर जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष नमराज अधिकारी रोसनले जानकारी दिनुभयो । १३६ जना जेष्ठ नागरिकलाई उपहार प्रदान गरिएको छ ।
वडा नं. १ मा ३०, वडा नं. २ मा २८, वडा नं. ३ मा ३०, वडा नं. ४ मा १६ र वडा नं. ५ मा ३२ जना ८० वर्ष माथिका जेष्ठ नागरिक रहेको गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख दाम बहादुर कार्कीले बताउनुभयो ।
