> स्थानीय सरकार > माण्डवी गाउँपालिकाको आगामी आर्थिक वर्षको मुख्य–मुख्य कार्यक्रम


माण्डवी गाउँपालिकाको आगामी आर्थिक वर्षको मुख्य–मुख्य कार्यक्रम

प्यूठान, १२ असार । माण्डवी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएको छ । गाउँपालिकाको आगामी मुख्य मुख्य कार्यक्रम यस्ता छन् ।

१) बिस्व ब्यापि रुपमा फैलियको कोरोना महामारी न्युनिकरणका लागि र जनताको स्वास्थ्य सुरक्षित गर्नका लागि उचित रकम बिनियोजन गरियको छ ।

२) जिल्लाको शान्ति समितिबाट प्रमाणित शहिद परिवारलाइ मासिक १ हजार रुपैयाँ भत्ताको ब्यबस्थापन गर्ने र घाइते परिवारलाइ सिपमुलक आयआर्जन मुलक तालिमको ब्यबस्था गर्ने

३) माण्डबि गापा बासि सबैलाइ २० युनिट सम्म को न्युनतम महशुलको हुन आउने रकम गाउपालिकाले तिर्ने गरि आम जनतालाइ प्रत्यक्ष राहत दिने गरि निर्णय गरेका छौ

४) मातृ मृत्यु दर र सिसु मृत्यु दर न्युन बनाउन सस्थागत सुत्केरि गराउनका लागि सुत्केरि महिलालाइ घर देखि स्वास्थ्य चौकी र जिल्ला अस्पताल सम्म पुर्याउनका लागि गाउपालिकाले निशुल्क रुपमा एम्बुलेन्सको ब्यबस्था गर्ने

५) पालिकाको सबै माबि हरुमा मार्शल आर्ट हाप्किडो खेलको सुरुवात गरिनेछ ्र बिभिन्न खेलहरु समाबेस गरि अध्यक्ष कप खेलकुद सन्चालन गरिनेछ

६) बेरोजगार युबा तथा कृसक लछित सहुलियत दरको ब्याजमा रिण प्रबाह गरि कृशि र ब्याबसायि मा जोड्नका लागि बिसेस कार्यक्रम लिइयेको छ

७) बेरोजगारी युबा हरुलाइ लक्षित गर्दै स्वदेसमा नै जिबन निर्बाह गर्न मद्दत पुग्ने गरि माण्डबि बासि युबा हरुलाइ निर्माण ब्याबसायि हुन चाहाने ब्यक्ति लाइ गाउपालिका मा लाग्ने दर्ता शुल्क रु २५ हजार मिनाहा गरि निसुल्क बनाउने निति लिइयेको छ

८) माण्डवी गाउँपालिकामा कृषि तथा पशुपालनको प्रचुर सम्भावना लाई मध्यनजर गर्दै तरकारी पकेट कार्यक्रम , बाख्रा पकेट कार्यक्रम कार्यान्वयन गरिनेछ ।

९) कृशकले गाउँ (गाउँ मा उत्पादन गरेका कृषि उपजलाई सहज बजारिकरण गर्नका लागि निशुल्क रुपमा कृषि एम्बुलेन्स र भण्डारणकोलागि चिस्यान केन्द्र र हाटबजारको सुनिश्चितता गरिनेछ ।

१०) कोभिड प्रभाबित ब्यक्ति तथा बेरोजगार युबालाइ मध्यनजर गर्दै युबा हरुलाइ बिभिन्न सिप मुलक तालिम र ब्याबासायि मा समाबेस गर्ने गरि बिसेस कार्यक्रम लिइनेछ

११) गाउपालिका भित्रका सबै गाउ बस्ति मा नया सडक को ट्र्याक खोल्ने कार्य सम्पन्न गर्ने

१२) पालिकाको सबै गरिबिको रेखा मुनि रहेका जनताको घरमा निशुल्क बिजुली बत्ति जोड्ने कार्य सुनिस्चित गरि अध्यारो मुक्त पालिका निर्माण गर्ने

१३) गरिबिको पहिचान को रुपमा रहेको फुस को छानोलाइ मुक्त गर्नका लागि एउटा मात्र घर भै खरको छानो भयको बाकि सबै घरमा यसै बर्स जस्तापाता उपलब्ध गर्ने कार्य सम्पन्न गर्ने

१४) पालिका मा रहेका मगरबासिहरुको मगर भाषा सिकाउनका लागि प्रत्यक वार्डका मगर बस्तिमा भाषा सिकाउने र मारुनि नाचको प्रबद्दन गर्ने बिसेस कार्यक्रम ल्याइनेछ

१५) दलित लक्षित कार्यक्रमहरु सबै वार्ड हरुमा पन्चे बाजा को समरक्षण , आरन लाइ ब्याबसायिकरण , सिलाइ कटाइ लाइ आधुनिकतामा परिणत गर्ने गरि बजेट सुनिस्चित गरियको छ

१६) गाउपालिका बासि सबैलाइ खानेपानीको आधारभूत आबस्यकता पुरा गर्ने गरि खानेपानी को आयोजना हरुका लागि केन्द्र ,प्रदेश र गाउपालिकाबाट रकम सुनिस्चित गरिएको छ

१७) भौगोलिक बिकट र पुर्वाधारको आधारमा सरस्वति प्रा।वि मुकचौरमा कक्षा ४, ने रा आ वि थक्लेनिमा कक्षा ७, सनराइज एकेडेमिमा कक्षा ८ र माण्डवि मावि मा प्राविधिक धार तर्फ कक्षा ११ थप गर्ने निणय गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *