> समाज > स्वर्गद्वारी नगपालिका स्थापना दिवसको अवसरमा रक्तदान


स्वर्गद्वारी नगपालिका स्थापना दिवसको अवसरमा रक्तदान

प्यूठान । स्वर्गद्वारी नगपालिका प्यूठानले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा २८ जनाले रक्तदान गरेका छ्न ।

 

१० औं स्थापना दिवसको अवसरमा रक्तदान र शुभकामना आदानप्रदान कार्यक्रम गरिएको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर केसीले जानकारी दिनुभयो ।

 

स्थापना दिवसको अवसरमा शुभकामना सन्देश दिँदै नगरप्रमुख टेक प्रसाद भण्डारीले नगरपालिकाको बृहत्तर विकासका लागि सबैको योगदान आवश्यक रहेको औल्याउनुभयो । अल्पकालीन र दीर्घकालीन बिकास योजना कार्यान्वयन गर्दै दिगो बिकास लक्ष्यमा नगरपालिका अघि बढेको उहाँको भनाई छ ।

 

राज्य पुर्नसंरचना अनुसार २०७३ फागुन २२ गतेको मन्त्रीपरिषद निर्णय फागुन २७ गते राजपत्रमा प्रकाशन भएपछि नगरपालिका कार्यान्वयनमा आएको हो । साबिकका कोचिवाङ, स्वर्गद्वारी खाल, भिङ्ग्री, सारी, बेलवास, बर्जिवाङ र गोठिवाङ गाबिस मिलेर अहिलेको स्वर्गद्वारी नगरपालिका बनेको हो ।