> स्थानीय सरकार > अस्थायी/करार कर्मचारीको पेशागत सुरक्षाको माग


अस्थायी/करार कर्मचारीको पेशागत सुरक्षाको माग

प्यूठान, २ असोज । नेपाल निजामति कर्मचारी संगठन प्यूठानले अस्थायी÷करार सेवामा कार्यरत कर्मचारीको पेशागत सुरक्षाको माग गरेको छ ।

संगठनको बैठकले लामो समयसम्म स्थानीय तहमा कार्यरत अस्थायी÷करार कर्मचारीको सम्वन्धमा विभिन्न निकायबाट भएको निर्णयप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

स्थानीय तह, मन्त्रालय, विभाग तथा सवै कार्यालयमा यसप्रकारको अस्थायी÷करार कर्मचारीको सम्वन्धमा समस्या देखिएको भन्दै उनीहरुको पेशागत सुरक्षाका लागि सम्वन्धित निकायमा पहल गर्ने निर्णय भएको अध्यक्ष टुक बहादुर रोकाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *