प्यूठान । जिल्लामा जारी मतगणनामा तीन पालिकाको मतगणना सम्पन्न भएको छ । ऐरावती, गौमुखी र सरुमारानी गाउँपालिकाको मतगणना सम्पन्न हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । नेपाली कांग्रेसलाई ३१२ मतान्तरमा अग्रता कायम गरेको हो ।
रास्वपाका सुशान्त वैदिकले ६ हजार ८५९, नेपाली कांग्रेसका डा.गोबिन्दराज पोख्रेलले ६ हजार ५४७, नेकपा एमालेका सूर्य थापाले ४ हजार ८३८, नेपाली कम्युनिष्ट पार्टीका कृष्णध्वज खड्काले २ हजार ३४२ र राष्ट्रिय जनमोर्चाका तिलक जिसीले १ हजार ३५५ मत प्राप्त गरेका छन् ।
श्रम संस्कृति पार्टी गोबिन्द गिरी २३६, नेपाल नेश्नल रिपब्लिक पार्टीका तारासिंह थापा मगरले ३७, राष्ट्रिय प्रजातन्त्र पार्टीका धनेश्वर पण्डितले ८६, नेकपा संयुक्तका नबिनकुमार श्रेष्ठले ९, मंगोल अर्गनाइजेसनका हर्कबहादुर पुनले १५, नेकपा माओबादीका सीता बिकले ८८, नेपाली जनता दलका बिमल पोख्रेलले १६, आम जनता पार्टीका रोमबहादुर थापाले ६, प्रगतिशील लोकतान्त्रिक पार्टीका श्याम गहतराजले २१ मत प्राप्त गरेका छ्न ।
९ वटा पालिका रहेको प्यूठानमा ८४ हजार ६३६ मत खसेको थियो । नौबहिनी गाउँपालिकाको मतगणना शुरु भएको छ ।
