प्यूठान । कहिले गलाभरी माला त कहिले प्रतिस्पर्धीसँग कम्मर मर्काई मर्काइ नाँचेर चर्चामा रहेका एमाले प्यूठानका उम्मेदवार सूर्य थापाको फेरी अर्को फोटोले चर्चा पाएको छ । विहिवार चुनावी घरदैलोका क्रममा ऐरावती गाउँपालिका-४ गोल्जामा डोको बुन्दै गरेको तस्बिर सार्बजनिक भयो ।
आफ्नै पारामा डोको बुनेर बसीरहेका ६५ वर्षिय होम बहादुर पुनसँगको भेटले सामाजिक संजाल तताएको छ ।
थापाको खरो स्वभावप्रति सामाजिक सञ्जालमा दिनहुँजसो आलोचना भइरहेका बेला मतदातासामु पुग्दा आफूले पाएको अद्भूतपूर्ण स्वागतले आफूलाई उत्साहित बनाएको थापाको प्रतिक्रिया छ ।
सरुमारानी गाउँपालिकाबाट शुरु भएको चुनावी घरदैलो अभियान माण्डबी गाउँपालिका र स्वर्गद्धारी नगरपालिकामा सम्पन्न भइसकेको एमालेले जनाएको छ । विहिवारदेखि उम्मेद्वार थापाको घरदैलो अभियान एरावती गाउँपालिकामा शुरु भएको छ ।
