प्यूठान, ७ बैशाख ।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । संक्रमित भएका व्यक्ति मध्ये हालसम्म तीन जना निको भएका छन् । त्यसमध्ये प्रसिद्धि श्रेष्ठ पनि एक हुनुहुन्छ । कोरोना संक्रमण हुँदा र अहिले निको भइसक्दाको उहाँको अनुभव यसप्रकार छ ः
संक्रमणमा टेस्ट गर्दा मलाई सिमटमहरु धेरै देखिएको थिएन । खासमा त म टेस्ट गर्न आउनुको कारण चाहिँ म घरमा आउँदा भियतनामी साथीले मलाई उ चाहीँ कोभिड १९ टेस्ट गर्दा पोजेटिभ देखीयो भनेको भएर म पनि एक पटक टेस्ट गरिहालु भनेर त्यही दिन टेकु आइपुगेको थिएँ । त्यति बेला मेरो लक्षण खासै देखिएको थिएन । र म महत्वका साथ भन्न चाहन्छु कि त्यती बेला मलाई पनि भएको हुन सक्थ्यो । अरु कसैला पनि हुन भएको सक्थ्यो । २ दिन पछि रिर्पोट आउँद म पनि कोभिड १९ पोजेटिभ देखिएको रहेछु । यसै गरी म पनि नेपाल दोस्रो कोभिड १९ पोजेटिभ केश हुन पुगें ।
तपाई जुन दिन यहाँ आउनु भयो आए देखी अहिले सम्म अस्पतामा हुनुहुन्छ, कती दिन बस्नु भयो ?
म डक्टर अनुपलाई भन्दै थिएँ, २७ दिन ।
२७ दिन सम्म बस्दा यहाँको डक्टर नर्स, स्टाफहरुको यहाँले कस्तो सद्भाव पाउनु भयो । तपाईको उपचारको बारेमा कस्तो गर्नु भयो तपाईका अनुभुतिको बारेमा बताइदिनुस न ।
हजुर म, पहिलो कुरा मेरो रिर्पोट आउने वित्तिकै सजिलो पार्नको लागि डक्टरहले एम्बुलेन्स घरमा पुर्याइदिनु भएको थियो । त्यौ नै इफेक्टिभ हो । र म आएपछि डक्टर अनुपले वेलकम गर्नु भयो र सबैले तिम चिन्ता नलेउ यु वि अल राइट भनेर भन्नु भएको थियो । त्यसै दिन देखी नै डक्टर नर्स स्टाफ सबैजनाले प्रोफेसन मात्र हैन, व्यक्तिगत रुपमा केयर गर्नु भयो । हेर्नको लागि उहाँहरुले मलाई म ठिक हुन्छु भन्नु भएको छ । हस्पीटलको रेख देखको कुरामा म एकदम सन्तुष्ट छु ।
विशेष गरी डाक्टर सागर राज भण्डारी र डाक्टर अनुप बास्तोलालाई विशेष धन्यवाद भन्न चाहन्छु ।
तपाई यहाँ बस्ने बेला उपचारको क्रममा कुनै कमी पाउनु भयो ? खाने, अन्य सुविधामा ।
मलाई एक दिन कफ(काँसो) हुँदा डक्टर अनुपलाई भन्दा मलाई ३, ४ घण्टामा चेष्ट एक्स रे भको थियो । त्यसैले त्यस्तो कमी मलाई कहिले पनि भएन ।
संक्रमण भएपछि तपाईलाई कस्तो अप्ठेरो गाह्रो भयो त्यसको बारेमा बताइदिनुस न ।
अ, मलाई । खासमा म टेकु आएको १, २ दिन पछि बल्ल लक्षण देखिन थालेको थियो । पछि नै हो र माइल्ड केश नै थियो । त्यसबेला अप्ठेरो भको थियो । पेटमा दुखाई खोकी, र थकाई एकदम चाँडै लाग्थ्यो । त्यही नै हो ।
यसरी निको भएर घर जाँदै हुनुहुन्छ, नेपाल सरकारले यो कोभिड १९ संक्रमण फैलन व्यवस्था गरेको, अस्पतालमा उपचारको व्यवस्था गरेको छ । सरकारलाई तपाई के भन्न चाहनुहुन्छ ?
अव मेन कुरा त म सेल्फ आइसुलेसनमा बसेको थिएँ, म आउँदा खेरी फैलन पाएन फेमिलीको वरीपरी हैन । तर धेरै मान्छेहरुले सरकारको आइसुलेसन सेन्टरहरुमा पुग्न पाएका छैनन् । उहाँ हरुलाई म जत्तिको सुविधा थियो त्यति सुविधा छैन होला तर सकारले धेरै गर्नु भएको छ तर जहाँ यो सुविधा पुगेको छैन, म सरकारलाई अनुरोध गर्दछु । उहाँहलाई पनि जति सके चाँडो सहयोग गरिदिनुहोला ।
यो रोग फैन नदिन मानिसहरु के कुरामा सचेत हुनुपर्छ जस्तो तपाईलाई लाग्छ ?
पब्लिक सेल्फ आईसुलेशन एक दम आवश्यक हो भन्ने कुरा मेरो केशबाट पनि देखियो हैन । म पनि सेल्प आइसुलेशन स्टीक्ली बसेको भएर मेरो परिवार पनि नेगेटिभ आउनु भयो । बसेको थिएन भने मेरो परिवारबाट फैलन्थ्यो । उहाँहरुबाट धेरै मान्छेलाई पनि फैन सक्थ्यो । सैल्प आइसुलेशन एकदम आवश्यक हो यदि तपाईहरु बाहिरबाट आउनु भएको हो भने देखी प्लिज टेस्टींगको सुविधा दिनुभ भएको अहिले सकारले त्यो पनि यो पब्लीको साइटबाट हो अर्को मिडियाको साइडबाट यो अहिले पेनडेमिकको बेला कोरोना भाइरस रोग सम्बन्धी स्टीगमा अहिले क्रियट नगरिदिनुहोला भन्ने जस्तो लाग्छ मलाई किन भने देखी पब्लिकको साइटबाट भयो भयो तर यो सेन्टेमन्ट हरु क्रियट गर्न यो मिडियो इम्पोटेन्स साह्रै छ यो देशमा त्यही भएर । स्टीगमा क्रियट गरेको मान्छेहरुलाई कस्तो हन्छ भनेदेखी टेस्टिंगमा मात्र अप्ठेरो हैन बोल्न नी गाह्रो होला । आफैमा सिमटम देखीको तर स्वीकार गर्नुहोला जस्तो लाग्छ, स्टीगमाको असर मैले पनि देखेको थिएँ । मेरो टेस्टमा आउँखा खेरी मेरो पनि नकारात्मक पोष्टहरु आइरहेको थियो । तर त्यती बेला एक दम सत्य कुरा बोल्नु भएको जरनालिष्टहरुलाई धन्यवाद भन्न चाहन्छु । पब्लिक साइटबाट चाँही सेल्फ आइसुलेसन एकदम आवश्यक छ । यता मिडियाको साइडबाट प्लिज स्टिग्मा क्रियट नगरिदिनुहोला भन्न चाहन्छु ।
अहिले जसलाई रोग लागेको छैन, रोग नलागेका व्यक्तिहरुले के गर्यो भने संक्रमण शिकार हुन सक्दैन तपाई सल्लाह दिन चाहनुहुनछ ?
आफुलाई सके सम्म प्रोटेक्ट गर्नुहोला । त्यस्तै माक्स, ग्लोब्स, चस्मा लगाउनु होला । ठाउँठाउँमा नोटिस टाँसिएको हुन्छ, त्यो पनि पढ्नु होला । अव गर्भमेन्टले नै निर्देशन गर्नु भएको त्यो पनि एक पटक राम्रो सँग हेर्नुहोस । अहिले धेरै एताउता मोविलिटी नहोस भन्न चाहन्छु ।
अहिले तपाई जस्तै अन्य केही नेपालीहरु पनि संक्रमित हुनुभएको छ । उपचारको क्रममा हुनुहुन्छ, यो बेलामा तपाई अन्य संक्रमितहरुलाई के सल्लाह दिनुहुन्छ ? अहिले हामीले हेर्दा निकै दृढताका साथ बोलिरहनु भएको छ, अन्य विरामीहरुलाई अस्पतालमा कसरी बस्यो भने यो रोग निर्मुल गर्न सकिन्छ भन्ने सल्लाह दिन चाहनुहुन्छ ?
सबै भन्दा मैले देखेको कुरा प्लिज धैर्यताका साथ बस्नु होला । मेरो पनि एकैचोटि भएको कुरा होइन, टेस्टहरु लगातार नै गरेपछि बल्ल बल्ला नेगेटिभ आको हो । एकछिन टाइम लाग्ला तर केयर पुगि राछ भने यो धेरै आत्तिनु पर्ने कुरा हैन । यो सिमटम कस्तो पर्यो भने मनलाई एकदम अत्याउने खालको रैछ भनुम न, सास फेर्न गाह्रो हुने त्यो सिमटम भए पनि प्लिज आत्मबल एकदमै बढाउनु होला । र आफ्नो टेक केयर गर्नुहोस् । र ठिक चाँहि हुन्छ तपाईलाई ।
तपाईको भविष्यको योजना के छ, हामीलाई बताइदिनुस न ।
मेरो रिकभरी भएको पनि मेरो लागि ठुलो मौका पाएको छु मैले किन भने रिकभरी हुना साथ मेरो प्लाज्मामा एन्टिबडी भएको भएर मैले यो चाँही डोनेटर गर्न पाइराको छु समाजलाई र मेरो आशा छ फ्युचरमा होपफुली नहोस्, कोरोना भाइरको सिरियस पेसेन्ट देखियो भने चाँही वहाँहरुलाई मैले यो डोनेट गरेको प्लाज्माले हेल्प गरोस उहाँको स्वास्थ्यमा जसरी नि हेल्प गरोस र अरु जो जो रिकभर हुनुहुन्छ, उहाँहरुले पनि सँगै डोनेट गर्नुहोस् सँगै डोनेट गरौं भन्ने आशा छ ।
(नोट : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रस्तुत गरेको भिडियो अन्र्तवार्तालाई शब्दमा उतारिएको हो ।)
