प्यूठान । जिल्लाका अदुवा तथा बेसार उत्पादन गर्ने किसान र उद्योगीहरु वीच अन्तरक्रिया तथा छलफल भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम प्यूठानको समन्वयमा छलफल भएको हो ।
किसानले उत्पादन गरेको अदुवा तथा बेसारको बजारीकरणमा टेवा पुगोस् भन्ने उद्देश्यले छलफल कार्यक्रम गरिएको कार्यालय प्रमुख चुमानसिंह गिरीले जानकारी दिनुभयो । छिमेकी जिल्लाहरुमै प्रशोधन उद्योगहरु संचालनमा आएकोले जिल्लाका किसानहरुले उचित मुल्य पाउने अपेक्षा सहित कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रम सहभागी किसानहरु उत्साहित भएका छन् । आफ्ना उत्पादनले बजार पाउँदैन की भन्ने समस्या बताउने किसानहरुले उत्पादनले मुल्य पाउनेमा आसावादी छन् । छिमेकी जिल्लाहरु दाङ, कपिलबस्तु र रुपन्देहीमा संचालनमा रहेका प्रशोधन उद्योगका प्रतिनिधिहरुको कार्यक्रममा सहभागीता रहेको थियो । मसलाजन्य उत्पादनहरुका लागि अदुवा र वेसार आवश्यक पर्ने भएकाले उचित मुल्यमा खरिद गर्न आफुहरु तयार रहेको प्रतिनिधिहरुले बताएका छन् ।
अन्यवालीमा जंगली जनवारले किसानलाई दुःख दिने भए पनि अदुवा उत्पादनमा कुनै असर नपर्ने किसानहरुले बताएका छन् ।
