> समाज > नौबहिनीमा एमालेको अगुवा कार्यकर्ता भेटघाट, चुनाव लक्षित योजना निर्माण


नौबहिनीमा एमालेको अगुवा कार्यकर्ता भेटघाट, चुनाव लक्षित योजना निर्माण

महेश थापा

प्यूठान । पालिका स्तरीय अगुवा कार्यकर्ता भेटघाट गर्दै आएको एमालेले शनिवार नौबहिनी गाउँपालिकामा कार्यक्रम सम्पन्न गरेको छ । प्रतिनिधि सभा निर्वाचन लक्षित अगुवा कार्यकर्ता भेटघाटले आगामी निर्वाचन लक्षित कार्ययोजना तयार गरेको छ ।

 

नौबहिनीसँगै जिल्लाका ७ वटा पालिकामा अगुवा कार्यकर्ता भेटघाट गरि निर्वाचन लक्षित कार्ययोजना निर्माण कार्य सम्पन्न भएको एमाले प्यूठानकी उपसचिव तथा प्रचार विभाग प्रमुख इश्वरा आचार्यले जानकारी दिनुभयो ।

 

कार्यक्रममा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार सूर्य थापा लगायत नेताहरुको उपस्थिति रहेको थियो ।