> समाज > नेपाली कांग्रेसको चुनाबी अभियान प्यूठान नगरपालिकाबाट शुरु


नेपाली कांग्रेसको चुनाबी अभियान प्यूठान नगरपालिकाबाट शुरु

प्यूठान । नेपाली कांग्रेस प्यूठानले चुनावी अभियान शुरु गरेको छ । प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रा.डा.गाेबिन्दराज पोख्रेलले चुनावी कार्यक्रमको सुरुवात प्युठान नगरपालिकाबाट गर्नुभएको हो ।

 

आफ्नाे चुनाबी बाचा सहित अगुवा नेता कार्यकर्तासङ्गकाे भेटघाट थाल्नु भएको कांग्रेस प्युठानले जनाएको छ । शुक्रवार ७ नं. वडाका अगुवा कार्यकर्तासङ्गको भेटमा उहाँले आफु राष्ट्रिय याेजना आयाेगकाे उपाध्यक्षकाे जिम्मेवारीमा रहँदा थालनी गरेका बहुप्रतिष्ठित राष्ट्रिय आयाेजनाकाे कार्यान्वयन गर्ने, समयानुकुल कानुन निर्माण गरि युवाहरुलाई ब्यबसायिक तालिमसङ्गै राेजगारीमा जाेड्ने आफ्नाे मुख्य बाचा रहने उल्लेख गर्नुभयो ।

 

कांग्रेस प्युठानले बिहिवार बैठक बसि चुनाबी कार्यक्रम स्थानीय तहका टाेल बस्तिसम्म पुग्ने गरि योजना तयार गरेकाे नेपाली कांग्रेस प्युठानका सभापति बिष्णु कुमार गिरीले बताउनुभयो ।

 

काङ्ग्रेसले जिल्लामा सभापतिकाे नेतृत्वमा १ सय ५१ निर्वाचन परिचालन समिति गठन गरेको छ । प्रदेश सभा निर्वाचन क्षेत्रिय समितिले क्षेत्रमा, पालिका स्तरिय समितिले पालिका साथै वडा तथा निर्वाचन बुथसम्म कांग्रेसकाे भाबी कार्यदिशा सहित मतदातामा जाने कांग्रेस प्युठानका सभापति गिरिले बताउनुभयो ।

 

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा कांग्रेस प्युठानले अनुभबि तथा प्युठानी मतदाताले अधिक रुचाएका पाेख्रेललाई उम्मेदवारीका रुपमा प्रस्तुत गरेकाे दाबी गरेको छ ।