> राजनीति > प्रदेश ‘ख’ मा कांग्रेसका रोज राणा सहित ३ जना सिफारीस


प्रदेश ‘ख’ मा कांग्रेसका रोज राणा सहित ३ जना सिफारीस

प्यूठान । प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि प्यूठानको प्रदेश निर्वाचन क्षेत्र ‘ख’ मा प्रत्यक्ष तर्फ क्षेत्रिय सभापति रोज राणा सहित ३ जनाको नाम सिफारीस भएको छ ।

 

आज बसेको क्षेत्रिय समितिको बैठकले रोज राणा, मेनका घिमिरे र सालिकराम पण्डितको नाम प्रत्यक्षतर्फ सिफारीस गरेको सभापति राणाले प्यूठान समाचारलाई बताउनुभयो ।

 

त्यसैगरी समानुपातिकतर्फ १५ जनाको नाम सिफारीस गरिएको छ । महिला खुल्ला तर्फ निमा गिरी, सावित्रा अधिकारी, खसआर्य तर्फ प्रकाश भण्डारी, हरि प्रसाद पोख्रेल, नोच बहादुर थापा, कमल पोख्रेल, धनेश्वर भण्डारी, ऋषिराम पुरीको नाम सिफारिस भएको छ ।

 

आदिवासी जनजाति खुल्ला तर्फ सनत श्रेष्ठ, खगेश्वर थापा, आदिवासी जनजाति महिलातर्फ लक्ष्मी श्रेष्ठ, दलित खुल्ला तर्फ भुवन सिंह, कणर् विक, दलित महिला तर्फ विन्दु परियार, तुल्सा सुनारको नाम सिफारिस भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *