> समाज > टिप्परले दुर्घटना जोखिम बढाएको भन्दै संचालनमा गाउँपालिकाको आंसिक रोक


टिप्परले दुर्घटना जोखिम बढाएको भन्दै संचालनमा गाउँपालिकाको आंसिक रोक

प्यूठान । ऐरावती गाउँपालिकाले टिप्पर संचालनमा आंसिक रोक लगाएको छ । चेरनेटा–बरौला– जोगीटारी सडकको चेरनेटा–बरौला खण्डमा विहान ८ बजेदेखि बेलुका ५ बजेसम्म टिप्पर संचालनमा रोक लगाएको हो ।

 

मंसिर २३ गतेको कार्यपालिकाको बैठक निर्णय अनुसार टिप्पर संचालनमा आंसिक रोक लगाइएको प्रमुख प्रशासकीय अधिकृत सरद गौतमले जानकारी दिनुभयो ।

 

टिप्परले दुर्घटना जोखिम बढाएको भन्दै गाउँपालिकाकाले टिप्पर संचालनमा आंंसिक रोक लगाएको जनाएको छ । ‘सो सडकमा विद्यार्थीहरु, सर्वसाधारण, एम्बुलेन्स लगायतको आवतजावत भईरहने विशेषतः विद्यालय समयमा टिप्परहरु अत्यधिक संचालन हुँदा सुरक्षा संवेदनशिलता बढाएको भनी गुनासो आएकोले मानविय सुरक्षा संवेदनशिललाई मध्य नजरगरी आवातजावतको समय निर्धाण गरिएको हो ।’ ,गाउँपालिकाद्धारा जारी सार्वजनिक सूचनामा भनिएको छ ।

 

नागरिकको जीऊ धनको सुरक्षा गर्नु राज्य/सरकारको मुल धर्म रहेको हुँदा स्थानीय सरकारको हैसियतले अप्रिय घटना हुन नदिन टिप्पर संचालनको समय तोकिएको गाउँपालिकाले जनाएको छ ।

 

अति आवश्यक अवस्थामा गाउँपालिका तथा वडा कार्यालयहरुको समन्वयमा भने संचालन हुने ऐरावती गाउँपालिकाले जनाएको छ ।