प्यूठान । जिल्लाका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईले अहिलेको मुख्य लक्ष्य नै निर्वाचन भएको बताउनुभएको छ । आफुनै कार्यकक्षमा पत्रकारहरुसँगको भेटमा उहाँले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सफलतापूर्वक सम्पन्न गर्नु आफ्नो पहिलो दायित्व रहेको उहाँले उल्लेख गर्नुभयो ।
‘आसन्न निर्वाचनको वातावरण सरकारले तयार गरेको छ ।’ ,उहाँले भन्नुभयो, ‘दलहरु पनि निर्वाचनमै केन्द्रित भएकाले अब निर्वाचन सम्पन्न गर्नु हाम्रो पहिलो दायित्व हो ।’ विकास निर्माणमा सहजिकरण र सुशासन प्रवद्र्धनका कामहरु समेत सँगसँगै अघि बढाउने उहाँले उल्लेख गर्नुभयो ।
सूचनामा नागरिकको सहज पहुँचका लागि सरकारी निकायले तोकिएको समयमै नियमित रुपमा सूचना सार्वजनिक गर्ने परिपाटीलाई निरन्तरता दिन पत्रकार महासंघ प्यूठानका अध्यक्ष श्रीराम भण्डारीले ध्यानाकर्षण गराउनुभयो ।
कार्यक्रममा पत्रकारहरु, प्यूठान प्रहरी प्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतहरु लगायतको उपस्थिति रहेको थियो ।
