प्यूठान । भानुभक्त माध्यमिक विद्यालय मल्लरानी गाउँपालिका–३ बर्बाेटले संचालन गरेको विद्यालय सहयोग कार्यक्रम अन्तरगत ६२ लाख बढि आर्थिक सहयोग संकलन भएको छ ।
विद्यालयले सार्वजनिक गरेको सहयोगताहरुको विवरण अनुसार ६२ लाख ९० हजार १५३ रुपैंया ९६ पैसा संकलन भएको हो । स्वर्ण महोत्सवको अवसर पारेर विद्यालयको शैक्षिक विकासका लागि आर्थिक सहयोग अभियान संचालन गरिएको विद्यालयले जनाएको छ ।
सहयोगदाताको नामावली विद्यालय परिसरमा स्थापना गरिएको स्वर्ण महोत्सव स्तम्भमा उल्लेख गरिने विद्यालयले योजना बनाएको छ । यहि मंसिर २९ गतेदेखि पुस २ गतेसम्म तीन दिन विद्यालयले विविध कार्यक्रम गरि स्वर्ण महोत्सव मनाएको थियो । विद्यालयले विज्ञद्धारा विद्यार्थी–अभिभावक शिक्षा संचालन गर्ने, सिकाईलाई प्रविधिमैत्री बनाउने, स्कुल बस संचालन गर्ने, सिसिटिभि जडान गर्ने, नविनतम विषयका कक्षाहरु संचालन गर्ने लगायतका कार्यक्रम अघि सारेको छ ।
सहयोगदाताहरुको विवरण यस प्रकार रहेको छ ।
नामावलीको पुरा विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।
