प्यूठान । नेकपा (एमालेका नेता सूर्य थापाले जेष्ठ नागरिकहरुको स्नेह दर्साउनु भएको छ । जेष्ठ व्यक्तित्वहरुसँग भेटगरि ‘आर्शिवाद ग्रहण’ गरेका तस्विरहरु उहाँले सामाजिक सञ्जालमा राख्ने गर्नुभएको छ ।
आईतबार गौमुखी गाउँपालिकाको ठुलावेशीमा लालुराम जैसीसँगको भेट गर्नुभएको छ । एमाले प्यूठानले आयोजना गरेको गौमुखी पालिका स्तरीय अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमको अवसरमा त्यहाँ पुग्नुभएका उहाँले भेटको तस्विर राख्दै लेख्नुभएको छ, ‘उहाँको चौरासी पुँजाको बेला आउन नसकेकोमा आज भेटेर स्वस्थ एव दीर्घ जीवनको शुभकामना व्यक्त गरेका छौ ।’
पार्टीको ११ औंं महाधिवेशन पछिको केन्द्रीय कमिटी बैठकको क्रममा काठमाण्डौं रहनुभएका नेता थापाले ७८ वर्षिय गोविन्द सिंह थापासँग भेट गरेको तस्विर सामाजिक संजालमा राख्नुभएको थियो । हाँक साप्ताहिकको ४३ वर्षदेखि प्रकाशक र २९ वर्षदेखि प्रकाशक र प्रधान सम्पादकको जिम्मवारी सम्हाल्नु भएका गोविन्दसँग उहाँले काठमाण्डौंमा भेट गर्नुभएको हो ।
पार्टीको ११ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा पुनः निर्वाचन भएपछि जिल्ला कमिटी बैठकमा सहभागी हुन प्यूठान आएको समय पारेर उहाँले प्यूठान नगरपालिका–१ खैरा निवासी कविराम वैदिकसँग भेट गर्नुभयो । १०५ वर्षिय वैदिकलाई उहाँकै घरमा भेट गर्नुभएको हो ।
एमाले नेता थापा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको उम्मेदवार हुनुहुन्छ ।
