> राष्ट्रिय > नेपालमा कोभिड–१९ को नयाँ प्रजातीको भाइरस भेटियो


नेपालमा कोभिड–१९ को नयाँ प्रजातीको भाइरस भेटियो

काठमाण्डौ, ५ माघ । नेपालमा कोभिड–१९ को नयाँ प्रजातीको भाइरस भेटिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ती जारी गर्दै बेलायतबाट फर्किएका तीन जना व्यक्तिमा नयाँ प्रजातिको भाइरसको संक्रमण पुष्टि भएको जनाएको हो ।

हङकङस्थित प्रयोगशालामा गरिएको परीक्षणमा तीन जनामा नयाँ प्रजातिको कोरोना देखिएको जानकारी विज्ञप्तिमा उल्लेख छ । केही दिनअघि बेलायतबाट आएका छ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि कोरोनाको नयाँ प्रजाति हो वा हैन पत्ता लगाउन विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङको प्रयोगशालामा नमूना पठाइएकामा तीन जनामा नयाँ कोरोनाको प्रजाति रहेको पुष्टि भएको हो ।

हङकङबाट सोमबार नमूनाको रिपोर्ट आएकोमा बेलायतबाट फर्किएकामध्ये २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय पुरूषमा देखिएको भाइरस यसअघि बेलायतमा देखिएको नयाँ भेरियन्टसँग मिलेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संक्रमण देखिएकामध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरूष संक्रमणमुक्त भइसकेका र ६७ वर्षीय पुरूषमा पनि कुनै लक्षण नदेखिएको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *