> सम-सामायिक > प्यूठानमा कोरोना परीक्षण गर्ने किट सकियो


प्यूठानमा कोरोना परीक्षण गर्ने किट सकियो

प्यूठान, २४ बैशाख ।
कोरोना संक्रमण भएनभएको दु्रत रुपमा जाँच गर्ने ¥यापिड डाइग्नोष्टिक टेष्ट(आरडीटी) किट सकिएको छ । प्रदेश सरकारले पठाएको किट सकिएपछि द्रुत जाँच गर्ने काम रोकिएको छ । किट अभाव भएपछि क्वारेन्टाइनमा बसेका व्यक्तिको स्वास्थ्य जाँच नगरी होम क्वारेन्टाइनमा पठाउन थालिएको छ ।

जिल्लाका विभिन्न स्थानीय तहमा क्वारेन्टाइनमा बसेका व्यक्तिको १४ दिनमा आरडीटी जाँच गरि होम क्वारेन्टाइनमा पठाउने गरिएको थियो । तर अहिले जाँच गर्ने किट नभएपछि क्वारेन्टाइनमा १४ दिन पुगेका व्यक्तिको विना जाँच घर पठाउन थालिएको हो ।

स्वर्गद्धारी नगरपालिका, गौमुखी गाउँपालिका, मल्लरानी गाउँपालिका र सरुमारानी गाउँपालिकाले क्वारेन्टाइनमा बसेकालाई विना जाँच घर पठाएका छन् । उनीहरुको सामान्य जाँच गरि आरडीटी विनै होम क्वारेन्टाइनमा बस्ने गरि घर पठाइएको हो । कतिपय स्थानीय तहले १४ दिन, १५ दिन, १६ दिन पुगेका व्यक्तिलाई क्वारेन्टाइनमै राखेका छन् ।

जिल्लामा तीन सय २० वटा किट प्राप्त भएकोमा सवै किट प्रयोग भइसकेको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले बताउनुभयो । हामीलाई प्राप्त सवै किट प्रयोग भइसकेका छन्, उहाँले भन्नुभयो, किट अभावले गर्दा क्वारेन्टाइनमा बसेका व्यक्तिको जाँच हुन सकेको छैन ।

अब के गर्ने ?
देशभरमा किट अभाव भएको खवर आइरहेका छन् । किट नभएपछि संकास्पद देखिएमा स्वाव संकलन गरेर पठाउन सकिने सुवेदीको भनाई छ । क्वारेन्टाइनमा २१ दिनसम्म राख्ने कि जनप्रतिनिधि, स्थानीय स्वास्थ्यकर्मी लगायतको निगरानीमा होम क्वारेन्टाइनमा पठाउन सकिने उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!