प्यूठान । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको समयमा कारागारबाट फरार रहेका थप चार जना कैदीबन्दीलाई प्यूठान प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न समयमा पक्राउ परेका मल्लरानी गाउँपालिका-५ का प्रकाश घर्ती, गौमुखी गाउँपालिका-३ का थम्मन पुन, झिमरुक गाउँपालिका-६ का जीवा ढकाल र झिमरुक गाउँपालिका-७ का नारायणी केसीलाई जिल्ला कारागार पठाइएको प्रहरीले जनाएको छ ।
प्रकाश र थमन कास्की कारागार, जीवा र नारायणी केन्द्रिय कारागार जगन्नाथदेवल काठमाडौबाट फरार रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक युवन कुमार चौधरीले जानकारी दिनुभयो ।
यसअघि प्यूठान प्रहरीले एक जना फरार कैदीलाई पक्राउ गरेको थियो । यो सँगै पक्राउ पर्नेमा ५ जना पुगेका छ्न ।
