> समाज > जेनजी आन्दोलनका बेला केन्द्रिय कारागारबाट फरार एक कैदी प्यूठानमा पक्राउ


जेनजी आन्दोलनका बेला केन्द्रिय कारागारबाट फरार एक कैदी प्यूठानमा पक्राउ

प्यूठान । गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनको समयमा केन्दिय कारागार काठमाण्डौंबाट फारर रहेका एक कैदीबन्दीलाई प्यूठान प्रहरीले पक्राउ गरेको छ ।

झिमरुक गाउँपालिका–१ का २४ वर्षिय सन्तोष वि.क.लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरिक्षक युवन कुमार चौधरीले जानकारी दिनुभयो ।

 

कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले सन्तोषकै घरबाट पक्राउ गरी आवश्यक कारवाहीका लागि प्यूठान कारागार पठाइएको उहाँले बताउनुभयो ।