प्यूठान, ११ चैत ।
प्यूठान उद्योग वाणिज्य संघको आयोजनामा गणतान्त्रिक खेल मैदान विजुवारमा ‘स्वर्गद्धारी प्यूठान चौथो महोत्सव’ सकिएको छ । स्थानीय उत्पादन तथा पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले सञ्चालन भएको महोत्सवमा तपाईले के के देख्नुभयो ?
महोत्सवमा एउटा चारपाखे खरले छाएको घर बनाइएको थियो । जस भित्र तपाई छिर्नुभयो ? यदि त्यहाँ तपाई छिर्नुभएको भए यी सामाग्री पक्कै देख्नुभयो होला । त्यस भित्र पस्नुभएन भने तपाईले त्यो दृश्य छुटाउनुभयो ।
जहाँ पछिल्लो पुस्ताले नदेखेको नभोगेको र समाजबाट लोप हुँदै गएका बस्तुको प्रर्दशनी राखिएको थियो । ती सामाग्रीले विगतमा हाम्रो दैनिकी चल्ने गर्दथ्यो । जुन अहिले विकसित समाजका कारण लोप हुँदै गएका छन् । त्यसका ठाउँमा नयाँ प्रविधि र सञ्चारले ठाउँ लिएका छन् ।
हेर्नुस् चारपाखे खरको घरभित्र राखिएका लोपउन्मुख सामाग्री











