- ध्रुब गिरी
जन्मनु मर्नु प्राकृतिक रीत पर्दछ सहन
सन्तानको मृत्यु के सार्है कठिन गार्हो छ कहन
सास चाहियो बाबा भन्दैथ्यु तिमि केही गर्न सकिन
पाइन गर्न उपचार तिम्रो हार्दिक श्रद्धासुमन ।
सत्र बर्ष टेकेकी थियौ पढ्दै थ्यौ बाह्रमा
बिरामी भयौ ८ बजे छोड्यौ संसार नबज्दै दशमा
रमिते बने अवाक भइ झार्दै आँसु लमहीमा
दशैको बेला नवमी तिथि छोडेर गयौ श्रद्धा सुमन ।
छोरीमा कान्छी उट्पट्याङ गर्थिउ मितब्ययी बानी थ्यो
मेहनती थियौ मिलनसार उस्तै सहयोगी मन थियो
चिरिन्छ सधै यो मन मेरो आएन सास भनेको वाक्य त्यो
सकिन गर्न केही नि तिम्लाई मात्रै यो श्रद्धा सुमन ।
रहेकी सङै दिदी तिम्री रुदैथिन हेरेर मलाई
आउँदा फोन आफन्तजनको गाह्रो थ्यो भन्नलाई
प्रयत्न गर्थे लुकाउन आँसु किटेर दात थाम्न मनलाई
त्यो कालो दिन अति भो गाह्रो श्रद्धा सुमन ।
छोडेर गयौं भौतिक रुपमा मनमन्मा बसिछौ
अवालवेला अकाल मरण पार्थिव शरीर लिइ प्युठान पुगेयु
द्शैको रात भएर पनि मलामी सयौ अन्तेस्टी गरेउ
श्रद्धासुमन कान्छी छोरी मनमनमा बसिछौ ।।
असोजको ६ गते यो कालो दिन कहिले नआओस
आफ्नो अघि सन्तानको अन्त कहिले नहोओस
अकालमा ज्यान गुमाउने पीडा सहन नपरोस
लुकेर रुदै बाड्दै हासो जिउन नि नपरोस् ।।।।
हामीले जस्तो सन्तानलाई श्रद्धाञ्जली दिन नि नपरोस ।


