राजनीति

अखिल (छैठौं) प्यूठानमा नयाँ नेतृत्व

प्यूठान । अनेरास्ववियु (छैठौं) प्यूठानको २० औँ जिल्ला सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ । शुक्रबार राष्ट्रिय जनमोर्चाको जिल्ला कार्यालय खलंगामा सम्म्पन्न सम्मेलनले नयाँ कमिटी गठन गरेको हो ।

 

जसको अध्यक्ष बसन्त राज गोराथोकी, उपाध्यक्ष सावित्रा परियार, सचिव प्रवीन जिसी, सहसचिव सचिन कवर, र कोषाध्यक्ष सबिर बस्नेत रहनुभएको छ । पदाधिकारी सहित ३१ सदस्यीय जिल्ला कमिटी रहेको छ ।

 

सम्मेलनले लक्षमण पुन र केशब बुढाथोकीलाई सल्लाहकारमा चयन गरेको छ ।

 

केन्द्रीय सचिव जीवन नेपालीको प्रमुख आतिथ्यता भएको उद्घाटन सत्रमा राष्ट्रिय जनमोर्चाका जिल्ला ईन्चार्ज सुरेश थापा, जिल्ला अध्यक्ष ज्ञामुराम न्यौपाने, युवक संघका केन्द्रीय कोषाध्यक्ष कमल पौडेल, नेकपा मसालका प्युठान जिल्ला प्रवक्ता राम पहाडी, छैठौका केन्द्रीय सल्लाहकार चोपबहादुर बिक लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो।

Related Articles

Back to top button