प्यूठान । ज्यान सम्बन्धी कसूरमा प्रहरीले दुई जना पक्राउ गरेको छ । गौमुखी गाउँपालिका-६ लिवाङका सन्तोष सुनार र गोपाल सुनारलाई पक्राउ गरि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
असोज १५ गते बिहान लिवाङ स्थित स्कुल धारादेखि मच्छि जाने कच्ची सडक बाटोमा स्थानीय २४ वर्षीय प्रकाश सुनार मृत अवस्थामा फेला परेका थिए ।
घटनाको अनुसन्धानका लागि खटिएको प्यूठान प्रहरी प्रमुख डिएसपी नरहरि अधिकारी नेतृत्वको टोलिले सन्तोष र गोपाल दाजुभाईलाई घरबाटै पक्राउ गरि हिरासतमा लिएको हो ।
घटनाको अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताउनुभयो ।






