> राष्ट्रिय > बसको ठक्करबाट पैदलयात्रीकाे मृत्यु


बसको ठक्करबाट पैदलयात्रीकाे मृत्यु

प्यूठान । प्यूठानमा शनिबार दिउँसो बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

 

बसको ठक्करबाट प्यूठान नगरपालिका वडा नम्वर ४ बड्डाँडा घर भइ दिदिको घर मल्लरानी गाउपालिका ४ कसेरी बस्दै आएका ५५ वर्षीय हुकुमे सार्कीको मृत्यु भएको हो ।

 

 

मल्लरानी गाउँपालिका वडा नम्वर ४ स्थित आपघारीमा ना ४ ख ५१९४ नम्वरको बसले ठक्कर दिँदा घटना स्थलमै सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

 

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता प्रहरी निरीक्षक देवी प्रसाद गैरेका अनुसार घटना दिउँसो करिव १ बजे भएको हो । ठक्कर दिने बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *