विजुलीकोट प्यूठान
ऐरावती गाउँपालि-६ मा अवस्थित विजुलीकोट राणाकालिन इतिहाससँग जोडिएको छ । तत्कालिन प्यूठान र अर्घाखाँची जिल्लाका शासकहरु वीचको द्धन्द्धसँग जोडिएको यस स्थानमा बडा दशैंको अवसरमा विशेष पुँजाआजा हुने गर्दछ । यहाँ दर्लामी मगर पुँजारी रहेका छन् । तत्कालिन जंगबहादुर राणाले आफ्ना प्रतिनिधिका रुपमा गुल्मीको स्माबाट नागराज थापालाई पत्र लेखेर यहाँका पुँजाआँजालाई व्यस्थित गर्न भनेपछि त्यसदेखि नियमित रुपमा पुँजाआँजा हुदै आएको इतिहासमा पाइन्छ ।
पछि नागराजका छोरा धर्मराज थापाले वि.सं. १८६५ सालदेखि यहाँको व्यवस्थापन गरेका थिए । असोजल शुक्ल पक्ष घटस्थापनाका दिनदेखि दैनिक नवदुर्गा माताको पुँजा गरिन्छ । टुनियापाटामा होम गरेर कालो पाठोको बलि दिएर पुँजा शुरु हुन्छ । दर्लामी पुजारीले वेलपत्र दिएर कोटघरमा भित्र्याउने र नवदुर्गाको देउता स्थापना गर्ने गरिन्छ । कालरात्रीको दिन कालो पाठीको बलि दिएर पुँजा गरिन्छ । नवमीको दिन विहान साइत अनुसार घटस्थापनाको दिन स्थापना गरिएको देउता ओराल्ने चलन छ । खड्कहरु, भाला लिएर मौलोको पुँजा गरिन्छ । हजारौं दर्शनार्थीले मनोकांक्षा पुराहुने अभिलासा सहित भाकल गरे अनुसार पञ्चवलको बलि दिने र देवीको दर्शन गर्ने चलन छ । साँझ देउतालाई कोटघरको विशेष कक्षमा भित्र्याइन्छ । बडा दशैंको टिका दिन घरघरमा राखिएको जमरा र टिका कोटघरमा ल्याई पुँजा गर्ने र कोटघरबाट लिएर गएको टिका र जमरा घरमा मिसाएर बडा दशैंको टिका थाप्ने प्रचलन छ ।
श्याम थापा
स्थानीय
ऐरावती गाउँपालिका६ बिजुलीकोट, प्यूठान

