> आर्थिक > फूलका पारखीहरुका लागि प्यूठान खलंगामा खुल्यो नर्सरी


फूलका पारखीहरुका लागि प्यूठान खलंगामा खुल्यो नर्सरी

प्यूठान । फूलका पारखीहरुको लागि प्यूठानको खलंगामा नर्सरी संचालनमा आएको छ ।

 

विभिन्न प्रजातिका फूल, फलफूल तथा अन्य प्रजातिका विर्नाहरुको सहज उपलब्धताका लागि नर्सरी संचालनमा आएको हो । ‘साउन १ गतेदेखि नर्सरी संचालनमा ल्याएका हौं ।’ ,नकर्मी नर्सरीका संचालक निर्मलदास नकर्मीले भन्नुभयो, ‘काठमाण्डौं, नेपालगञ्जमा रहेका नर्सरीहरुको समन्वयमा खलंगाबाट विक्रि वितरण थालिएको हो ।’

 

करिव १ लाखको लगानीबाट शुरु गरिएको नर्सरी व्यवसायबाट विभिन्न साइजका माटो तथा प्लाष्टिकबाट बनेका गमलाहरु समेत विक्रि थालिएको फर्मका अर्का सञ्चालक बुद्धदास नकर्मीले बताउनुभयो । घर वरिपरि हरियाली र विभिन्न रङ्गका फूलहरुले प्राकृतिक सौन्दर्भयता दिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

 

फलफुल तथा अन्य प्राजातिका विरुवाहरु उपलब्ध हुने भएकाले खेर गएको जग्गा जमिनमा बृक्षारोपण गरि आम्दानी बढाउन सकिने नर्सरी सञ्चालहरुको भनाई छ । जग्गा जमिन नहुनेहरुले समेत घरको आँगन, छतमा समेत फूलहरु लगाउन सक्नेछन् ।