> समाज > ९९ वर्ष पुगेको अबसरमा विद्यालयमा अक्षयकोष


९९ वर्ष पुगेको अबसरमा विद्यालयमा अक्षयकोष

प्यूठान । गौमुखी गाउपालिका-५ खुङ्ग निवासी ऐमानसिह भण्डारीले ९९ वर्ष प्रबेशको अवसरमा विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ ।

 

जनसहयोगी माध्यमिक विद्यालयमा एक लाख ५० हजारको अक्षयकोष स्थापनाको घोषणा गर्नुभएको हो । कोषबाट प्राप्तहुने ब्याजले १/१ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई पुरस्कृत गर्ने र एक जना उत्कृष्ट शिक्षकलाई सम्मान गर्ने ऐमानसिहको नातिनी सर्मिला भण्डारीले जानकारी दिनुभयो ।

 

अक्षयकोषको रकम क्रमश थप गर्दै लैजाने कोषका संरक्षक नातिनी लक्ष्मी भण्डारीले बताउनुभयो । प्रत्येक वर्ष प्रदान गरिने सम्मान र पुरस्कारले हजुरबुबा प्रती सम्मान र सम्झना हुने उहाँले बिश्वास व्यक्त गर्नुभयो ।

अक्षयकोष घोषणा कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक प्रेम बिष्टले सताब्दी पुरुषले घोषणा गर्नुभएको अक्षयकोषले विद्यार्थी र शिक्षकलाई पठनपाठनमा हैसला मिल्ने उल्लेख गर्नुभयो ।

 

भण्डारीको १९८४ साल साउन ८ गते उत्तरी प्यूठानको खुङ्गमा जन्मभएको हो ।