> समाज > कक्षा ६ मा अध्ययरत विद्यार्थीलाई व्लड क्यान्सर भएपछि उपचार सहयोग संकलन


कक्षा ६ मा अध्ययरत विद्यार्थीलाई व्लड क्यान्सर भएपछि उपचार सहयोग संकलन

प्यूठान । खलंगा आधारभुत विद्यालय खलंगामा कक्षा ६ मा अध्ययरत विद्यार्थीलाई व्लड क्यानसर भएपछि उपचारमा सहयोग संकलन थालिएको छ । खलंगा सरस्वती टोल बस्दै आएका १३ वर्षिय विश्वास चौधरीलाई ब्लड क्यान्सर भएको हो ।

दाङ राप्ती गाउँपालिका–२ लालमटिया स्थायी घर भएका चौधरी मावलीमा बस्दै आएका थिए । उपचारमा आर्थिक अभाव भएपछि सहयोग संकलन थालिएको मावली दाई आसाराम शाहीले जानकारी दिनुभयो । बुटवलमा उपचार सम्भव नभएपछि चितवनमा आईसियुमा राखेर उपचार भैरहेको उहाँले बताउनुभयो ।

थप रिपोर्टका लागि अझै १० दिन लाग्ने र त्यसवेला सम्म आईसियुमै राख्नुपर्ने अस्पतालले जनाएको शाहीले बताए । माघ २२ गतेदेखि लुम्बिनी प्रादेशिक अस्पतालमा आईसियुमा राखेर उपचार भैरहेपनि त्यहाँबाट चितवन गरिएको आमा कल्पना शाहीले बताउनुभयो ।

२८ हजार ९४३ रुपैंया सहयोग संकलन भएको र उपचारमा थप रकम आवश्यक पर्ने भएकाले मल्लरानी सरोकार केन्द्र मार्फत सहयोग संकलन कार्य शुरु गरिएको परिवारले जनाएको छ ।